काठमाडौं । मोहम्मद सलाह र इङ्लिस क्लब लिभरपुलबीच मात्र एक वर्षको सम्झौता बाँकी छ । जसका कारण सिजन २०२४\ २५ को अन्त्यसँगै इजिप्टियन विंगरले क्लब छाड्ने हल्ला बजारमा चलिररहेको छ ।
लिभरपुलले आइतबार इङ्लिस प्रिमियर लिगमा चिरप्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडलाई हराएपछि झन् सलाह र लिभरपुलको चर्चा एकाएक चुलिएको छ ।
आइतबार युनाइटेडले लिभरपुललाई ओल्ड ट्राफडमा स्वागत गरेको थियो । पाहुना टोलीले युनाइटेडलाई उसकै मैदानमा ३-० ले स्तब्ध पार्यो ।
ओल्ड ट्राफडमा करिअरको नवौं खेल खेलिरहेका सलाहले दोस्रो हाफमा सुन्दर गोल गरेका थिए । त्यसअघि पहिलो हाफमा सलाहले लुइस डियाजका दुई गोलमा पास उपलब्ध थिए ।
जितसँगै आर्ने स्लटको नेतृत्वमा रहेको लिभरपुलले तीन खेलमा स्पष्ट ९ अंक जोडेको छ ।
जितपछि सालाहले आफ्नो लिभरपुर बसाइसको अन्तिम वर्षमा रमाइलो गर्न चाहेको प्रतिक्रिया दिएका थिए ।
‘लिभरपुलमा मेरो यो अन्तिम वर्ष हो । म यो अवधिमा रमाउन चाहन्छु । मलाई अहिलेसम्म क्लबका कसैले सम्झौता नवीकरणका बारेमा भनेका छैनन् । त्यसैले मैले यो मेरो अन्तिम वर्ष हो भनेर भनिरहेको छु,’ सालाहले भने, ‘सम्झौता मेरा हातमा छैन । हेरौं आउने दिनमा के हुन्छ । अहिलेका लागि म बाह्य कुरालाई ध्यान दिन्न ।’
सालाहको यो प्रतिक्रियासँगै लिभरपुल समर्थकहरु आफ्ना महत्वपूर्ण खेलाडीलाई आगामी सिजन देख्न नपाउने हो की भनेर चिन्तामा छन् ।
लिभरपुलमा सालाहको यो आठौं सिजन हो । यो आठ सिजनमा सलाहले ओल्ड ट्राफाेर्डमा १० गोल गरिसकेका छन् ।
तीन खेलमा एक जित र दुई हार ब्यहोरेको युनाइटेड तालिकाको १४औं स्थानमा छ ।