माघ २, २०८१ बुधबार | ११:२४:११
एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित

टोटनहमविरुद्ध न्युक्यासलको रोमाञ्चक जित

टोटनहमविरद्ध गोल गरेपछि एलेक्जेन्डर इसाक ।

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा घरेलु टोली न्युक्यासल युनाइटेडले आइतबार टोटनहमविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

सेन्ट जेम्स पार्कमा न्युक्यासललाई जित दिलाउन हार्भे बर्नेस र एलेक्सजेन्डर इसाकले गोल गरे । टोटनहमका लागि एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।

जितसँगै तीन खेलमा सात अंक जोडेको न्युक्यासल चौथो स्थानमा उक्लिएको छ । पराजित टोटनहम समान खेलबाट चार अंकका साथ १०औं स्थानमा छ ।

पछिल्लो खेलमा न्युक्यासल बर्नमाउथसँग १-१को बराबरीमा रोकिँदा टोटनहमले एभर्टनविरुद्ध ४-० को फराकिलो जित निकालेको थियो ।

टोटनहमविरद्ध गोल गरेपछि खुसियाली मनाउँदै न्युक्यासलका खेलाडी ।  

खेलको ३७औं मिनेटमा बर्नेसको गोलमार्फत न्युक्यासले अग्रता लिएको थियो । डान बर्नबाट आत्मघाती गोल हुन पुग्दा टोटनहम बराबरीमा आयो ।

इसाकले ७८औं मिनेटमा गोल गर्दै न्युक्यासल युनाइटेडलाई रोमाञ्चक जित दिलाए ।

अब सेप्टेम्बर १५ मा न्युक्यासले उल्भरह्याम्पटन र टोटनहमले आर्सनलको सामना गर्नेछन् ।

आइतबारै सम्पन्न अर्को खेलमा चेल्सी क्रिस्टल प्यालेससँग १-१ को बराबरीमा रोकिएको छ । 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO