काठमाडौं । एन्फा महिला लिग फुटबलको उद्घाटन खेलमा कोशी प्रदेशले वालिङ नगरपालिकामाथि फराकिलो जित हासिल गरेको छ ।
आइतबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालयको मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा कोशीले वालिङलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
कोशीको जितमा समीक्षा मगरले दुई तथा सन्जु माया तामाङ र प्रतिक्षा राईले एक–एक गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको कोशीले दोस्रो हाफमा ३ गोल थपेको हो ।
जितसँगै कोशीले लिगमा तीन अंक जोडेको छ ।
कूल १० टोलीको सहभागिता रहेको प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो चरण सिंगल राउन्ड रोबिन पद्धत्तिमा खेलाइनेछ । जहाँ कूल ४० खेल हुनेछन् । पहिलो चरणको अंकतालिकामा शीर्ष ५ भित्र पर्ने टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् ।
दोस्रो चरण डबल राउन्ड रोबिन पद्धत्तिमा खेलाइनेछ, जहाँ कूल २० खेल हुनेछन् । यी पाँच टोलीमध्ये शीर्ष चार भित्र पर्ने टोलीले क्वालिफायर्स र इलिमिनेटर खेल्नेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैंया प्राप्त गर्नेछ ।