माघ २, २०८१ बुधबार | ११:४४:१६
ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल

इपिएलमा युनाइटेड र लिभरपुल भिड्दै

म्यानचेस्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धां गर्दै, फाइल तस्विर ।

काठमाडौं । इङ्लिस प्रिमियर लिग(इपिएल)मा आइतबार दुई ठूला क्लब म्यानचेस्टर युनाइटेड र लिभरपुलले एकअर्काको सामना गर्दैछ । 

खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । कीर्तिमानी २० पटकको विजेता युनाइटेडले १९ पटकको लिग विजेता लिभरपुललाई घरेलु मैदान ओल्ड ट्राफडमा स्वागत गर्नेछ ।

यो खेल किन पनि खास छ भने आज पहिलो पटक दुई डच प्रशिक्षक आ-आफ्ना क्लबको टचलाइनमा देखिने छन् । घरेलु टोलीका लागि एरिक टेन हाग र पाहुना टोलीका लागि नवनियुक्त प्रशिक्षक आर्ने स्लट ।

लिभरपुलका मुख्य प्रशिक्षक स्लटले पहिलो पटक यो महाभिडन्तको स्वाद चाख्दैछन् । उनले टचलाइनमा आफ्ना खेलाडीलाई निर्देशन दिइरहँदा अवश्य पनि पुराना दिनहरु याद गर्नेछन् । लिभरपुल आउनुअघि उनी डच क्लब फेयनोयडका मुख्य प्रशिक्षक थिए । उनले पूर्व आयाक्स प्रशिक्षक टेन हागविरुद्ध खेलिसकेका छन् । आज यी दुई पाचौं पटक मैदानमा एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।

लिभरपुलले लिगका पहिलो दुई खेलमा स्पष्ट ६ अंक बटुलेको छ । पहिलो खेलमा भर्खरै लामो समयपछि शीर्ष डिभिजनमा उक्लिएको इप्सविच टाउनमाथि २-० को सहज जित निकालेको लिभरपुलले दोस्रो खेलमा ब्रेन्टफर्डलाई पनि २-० कै नतिजामा पराजित गरेको थियो ।

लिगको पहिलो खेलमा घरेलु मैदानमै फुलहममाथि १-० को संघर्षपूर्ण जित निकालेको युनाइटेड दोस्रो खेलमा ब्राइटनसँग २-१ ले स्तब्ध बनेको थियो । ब्राइटनले युनाइटेडविरुद्ध ९५औं मिनेटमा विजयी गोल गरेको थियो ।

अन्य खेलमा चेल्सीले घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा क्रिस्टल प्यालेसलाई स्वागत गर्नेछ भने न्युक्यासलले टोटनहमसँग खेल्नेछ ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO