काठमाडौं । घरेलु मैदानमा साफ यु–२० च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना चकनाचुर पार्दै बंगलादेशले राजनीतिक द्वन्द्वबाट शान्तिको बाटोमा अवतरण गर्दै गरेको देशमा उत्साहको संचार गराएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार बंगलादेशले नेपालमाथि ४–१ को रवाफशाली जित दर्ता गरायो ।
पछिल्लो केही समय देशभित्रको राजनीतिक द्वन्द्वका कारण सयौं नागरिकको ज्यान गएको पीडामा रहेको बंगलादेशलाई विदेशी भूमिमा जितको खुसी दिलाउन मिराजुल इस्लामले दुई गोल गरे भने राबी हुसेन राहुल र पियास अहमद नोभाले एक गोल गरे ।
नेपालका लागि घरेलु मैदानमा सान्त्वनास्वरुप एकमात्र गोल समिर तामाङले गरेका थिए ।
पहिलो हाफको निर्धारित समयसम्म गोलरहित बराबरीको अवस्थामा रहेको खेललाई मध्यान्तरअघिको इन्ज्युरी समयमा गोल गर्दै बंगलादेशले आफ्नो पक्षमा ढल्काएको थियो ।दोस्रो हाफमा बंगलादेशको उर्जा झनै थपिँदा ठिक विपरित नेपाली टोली भने निरिह देखियो ।
तस्बिरमा नेपाल र बंगलादेशको फाइनल खेल: