चैत्र ९, २०८२ सोमबार | ०३:४४:४७
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

एन्फा कार्यसमिति बैठक आगामी मंगलबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आगामी मंगलबार (भदौ ११)मा बस्ने भएको छ ।

बुधबार एन्फा महासचिव किरण राईले कार्यसमिति सदस्यलाई पत्र लेख्दै बैठकमा उपस्थित हुन अनुरोध गरेका छन् ।

बिहान ८ बजे एन्फा मुख्यालयमा बोलाइएको बैठकमा विभिन्न २२ एजेन्डा छन् । जसमा मुख्य प्रशिक्षकको विषयदेखि लिएर आधुनिक फुटबल मैदान निर्माणको विषय छन् ।

त्यस्तै, उत्कृष्ट खेलाडी पुरस्कार, फिफा र एएफसीको अनुदानबाट भौतिक पूर्वाधार निर्माणको बजेट बिनियोजन, तीन वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘बी’डिभिजन लिगको विषय समावेश गरिएको छ ।

यसअघि एन्फाको आपतकालिन बैठक साउन २ गते बसेको थियो । त्यस बैठकमा भएका निर्णय पनि छलफलमा उठ्नेछन् ।

एन्फाको साधारणसभा तथा बोर्ड बैठक त्यसअघि माघ ८ मा ललितपुरमा बसेको थियो । तर, यी दुवै बैठकमा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित अन्य १० सदस्यले बहिस्कार गरेका थिए ।

यस्ता छन् एजेन्डाः
१. नयाँ आधुनिक फुटबल रंगशाला निर्माण बारे ।
२. उत्कृष्ट खेलाडी पुरस्कार बारे ।
३. खेलाडीको लागी नयाँ बस खरिद बारे ।
४. फिफा र एएफसीको अनुदानबाट भौतिक पुर्वधार निर्माण तथा अन्य क्षेत्रमा बजेट बिनियोजन बारे ।
५. खेलकुद सामाग्री खरिदको लागी बोल पत्र स्विकृत गर्ने बारे।
६. कर्णली प्रदेश फुटबल संघ बारे ।
७. नयाँ सदस्य संस्था गठन बारे ।
८. कर्मचारी, खेलाडी, पदाधिकारीहरुको सेवा सुविधा बारे ।
९. पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बारे ।
१०. ललित स्मृति यु-१८ युथ लिगको अनुमानित खर्चको विवरण बारे ।
११. शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट बारे ।
१२. पदपुर्ति समितिको निर्णयहरु अनुमोदन बारे ।
१३. खद्यान्न सामाग्री सम्बन्धमा ।
१४. शेर्पा आउटडोर स्पोर्टस एन्ड एण्ड यूड्स इन्डस्ट्रीसंगको हरहिसाब फरफारक बारे ।
१५. एन्फा एकेडेमीको खेलाडीहरुको लागी खेल सामाग्रीहरु खरिद बारे ।
१६. साफ यु-२० र साफ वुमन्स च्याम्पियनसिपको बसोबास, यातायात, टिकट दर, अन्य मार्केटिङ्ग, टिकेटिङ्ग अधिकार र
बजेट बारे ।
१७. ग्रासरुट बजेट तथा कार्यविधि बारे ।
१८. महिला लिग २०२४को टिकट दर र अन्य मार्केटिङ्ग, र्बोडकास्टिङ्ग, टिकेटिङ्ग अधिकार बारे ।
१९. फुटबल फर स्कुलको राष्ट्रिय कार्यदल बारे ।
२०. वा ८ च ६१७ नंबरको गाडी सम्बन्धमा ।
२१. आ.व. २०८१/८२ को बार्षिक बजेट र कार्यक्रमको प्रारम्भीक छलफल बारे ।
२२. विविध
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो