काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्लेअफका लागि नेपाली लिग च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडको टोली दशरथ रंगशाला आइपुगेको छ ।
अहिले साँझ ६ बजे सुरु हुने खेलमा चर्च ब्वाइजले भुटानको लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

अघिल्लो दिन सोमबार रंगशालामा अभ्यास गर्ने क्रममा पारो एफसीका जापानी स्टार केइसुके होन्डा तथा अन्य खेलाडी र अधिकारीहरुले मैदान फुटबल खेल्न योग्य नभएको भन्दै गुनासो गरेका थिए ।
खेल सुरु हुनुभन्दा दुई घण्टा अघिदेखि परेको अविरल वर्षाका कारण रंगशालाको मैदान हिलाम्मे बनेको छ । खेलाडीहरु पानीमा भिज्दै रंगशाला प्रवेश गरेका छन् ।
भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?
