काठमाडौं । इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी स्पेनिस टोली बार्सिलोनासँग पेनाल्टी सुटआउटमा पराजित भएको छ ।
अमेरिकामा खेलिएको प्रि सिजनको मैत्रीपूर्ण खेल २–२ मा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा बार्सिलोना भाग्यमानी देखियो । टोली ४–१ ले विजयी भएको हो ।
यसअघि निर्धारित समयमा बार्सिलोनाले नै अग्रता बनायो । पाउ भिक्टोरले २४औं बार्सिलोनालाई अग्रता बनाएका थिए । निको ओरेलीले ३९औं मिनेटमा १–१ को बराबरी गरे ।
पाब्लो टोरेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए । ६०औं मिनेटमा ज्याक ग्रेलिसले खेल २–२ को बराबरीमा पुर्याएका थिए ।
बार्सिलोनो प्रि सिजन खेलमा रियाल मड्रिड र एसि मिलानसँग खेल्ने तालिका छ । सिटीले चेल्सीसँग खेल्नेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
