माघ १५, २०८२ बिहीबार | १०:२९:०४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

अन्तिम समयको गोलले हारबाट जोगियो अर्जेन्टिना

काठमाडौं। पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिनाले मोरोक्कोलाई २-२ को बराबरीमा रोकेको छ ।

जेफरोय गुइचार्ड रंगशालामा बुधबार अर्जेन्टिनाका लागि जियुलियानो सिमोन र क्रिस्चियन मदिनाले गोल गर्दा मोरोक्काको दिलाउन दुवै गोल सुफियान रहिमीले गरे ।

यो नतिजासँगै समूह ‘बी’ का दुवै टोलीको एक अंक भएको छ ।

पहिलो हाफको इन्जुरी समयमा रिहिमीको गोलमार्फत मोरोक्कोले अग्रता लिएको थियो । ४९औं मिनेटमा उनैले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

सिमोनले ६८औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए। खेलको इन्जुरी समयमा मदिनाले गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाए ।

यसैगरी समूह ‘सी’ अन्तर्गतको खेलमा स्पेनले उज्वेकिस्तानविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।

ओलम्पिको पुरुष फुटबलमा यु-२३ टोलीको सहभागिता रहने गर्छ । ओलम्पिकको औपचारिक उद्घाटन साउन ११ गते हुने भए पनि फुटबलको प्रतिस्पर्धा आजबाट सुरु भएको हो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।