चैत्र ६, २०८२ शुक्रबार | ०३:५०:०६
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

स्पेन चौथो पटक च्याम्पियन

काठमाडौं । स्पेन कीर्तिमानी चौथो पटक युरोपियन च्याम्पियनसिपको च्याम्पियन भएको छ । जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा भएको फाइनल खेलमा स्पेनले इङ्ल्यान्डलाई २–१ ले हरायो ।

स्पेनले सन् २०१२ पछि उपाधि उचालेको हो । स्पेन चौथो पटक च्याम्पियन भएको हो । यसअघि स्पेन र जर्मनीले समान तीन पटक उपाधि उचालेका थिए । तर, यो कीर्तिमान स्पेनले तोडेको छ ।

यता, ह्यारी केनका कप्तानीमा रहेको इङ्ल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुगेर पनि उपाधि विहिन बन्यो । अन्तिम पटक टोली इटालीसँग चुकेको थियो ।

अन्तिम मिनेटमा डिक्लेन राइसको हेडर गोल लाइनबाट डानी ओल्मोले बचाउँदै २–२ को बराबरी हुनबाट बचाएका थिए ।

स्पेनको जितमा युवा खेलाडी निको विलियम्स र माइकल ओयरजाबलले गोल गरे । इङ्ल्यान्डको लागि कोल पाल्मरले एक गोल फर्काएका थिए । 


यसअघि निको विलियम्सको गोलप्रेरित स्पेनले दोस्रो हाफको सुरुमै अग्रता बनाएको थियो । लामिन यमलले दिएको पासमा विलियम्सले बक्सको बायाँ भागबाट गोल गरेका थिए ।

४७औं मिनेटमा गोल बेहोरेको इङ्ल्यान्डले ७३औं मिनेटमा बराबरी गोल गर्याे । मैदान प्रवेश गरेको तेस्रो मिनेटमै कोल पाल्मरको गोल गरे । उनले जुड वेलिंघमको पासमा बक्सबाहिरबाट गोल गरेका थिए । उनी कोबी मौनूको स्थानमा मैदान प्रवेश गरेका थिए ।

माइकल ओयरजावलले खेल सकिन चार मिनेटअघि विजयी गोल गरेका हुन् । मार्क कुकुरेलाले मिलाएको पासमा उनले बक्स भित्रबाट सहजै गोल गरे । यसअघि उनी कप्तान अल्भारो मोरटाको स्थानमा ६८औं मिनेटमा मैदान प्रवेश गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो