माघ १८, २०८२ आइतबार | १२:५१:०५
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

स्पेन चौथो पटक च्याम्पियन

काठमाडौं । स्पेन कीर्तिमानी चौथो पटक युरोपियन च्याम्पियनसिपको च्याम्पियन भएको छ । जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा भएको फाइनल खेलमा स्पेनले इङ्ल्यान्डलाई २–१ ले हरायो ।

स्पेनले सन् २०१२ पछि उपाधि उचालेको हो । स्पेन चौथो पटक च्याम्पियन भएको हो । यसअघि स्पेन र जर्मनीले समान तीन पटक उपाधि उचालेका थिए । तर, यो कीर्तिमान स्पेनले तोडेको छ ।

यता, ह्यारी केनका कप्तानीमा रहेको इङ्ल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुगेर पनि उपाधि विहिन बन्यो । अन्तिम पटक टोली इटालीसँग चुकेको थियो ।

अन्तिम मिनेटमा डिक्लेन राइसको हेडर गोल लाइनबाट डानी ओल्मोले बचाउँदै २–२ को बराबरी हुनबाट बचाएका थिए ।

स्पेनको जितमा युवा खेलाडी निको विलियम्स र माइकल ओयरजाबलले गोल गरे । इङ्ल्यान्डको लागि कोल पाल्मरले एक गोल फर्काएका थिए । 


यसअघि निको विलियम्सको गोलप्रेरित स्पेनले दोस्रो हाफको सुरुमै अग्रता बनाएको थियो । लामिन यमलले दिएको पासमा विलियम्सले बक्सको बायाँ भागबाट गोल गरेका थिए ।

४७औं मिनेटमा गोल बेहोरेको इङ्ल्यान्डले ७३औं मिनेटमा बराबरी गोल गर्याे । मैदान प्रवेश गरेको तेस्रो मिनेटमै कोल पाल्मरको गोल गरे । उनले जुड वेलिंघमको पासमा बक्सबाहिरबाट गोल गरेका थिए । उनी कोबी मौनूको स्थानमा मैदान प्रवेश गरेका थिए ।

माइकल ओयरजावलले खेल सकिन चार मिनेटअघि विजयी गोल गरेका हुन् । मार्क कुकुरेलाले मिलाएको पासमा उनले बक्स भित्रबाट सहजै गोल गरे । यसअघि उनी कप्तान अल्भारो मोरटाको स्थानमा ६८औं मिनेटमा मैदान प्रवेश गरेका थिए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।