काठमाडौं । भुटानको फुएन्शोलिङ हिरोज एफसीले नेपालका सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
‘नयाँ प्रशिक्षक सुमन श्रेष्ठलाई स्वागत छ । उनको नेतृत्वमा खेलाडी नयाँ उचाइमा पुग्नेछन् र टोलीले उल्लेखनीय सफलता हासिल गर्नेछ भन्नेमा हामी विश्वस्त छौं,’ क्लबले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ ।

फुएन्शोलिङ आठ खेलमा तीन जित, चार हार र एक बराबरीको नतिजासहित १० अंकका साथ भुटान प्रिमियर लिगको आठौं स्थानमा छ। क्लबले आज थिम्पु सिटी एफसीको सामना गर्दैछ ।
करिब दुई दशकदेखि प्रशिक्षकका रूपमा कार्यरत श्रेष्ठले मनाङ मर्स्याङदी, एपिएफ जस्ता चर्चित नेपाली क्लबको जिम्मेवारी सम्हालीसकेका छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
