चैत्र १८, २०८२ बुधबार | १०:२०:१८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

युरोमा म असफल भएः एमबाप्पे

काठमाडौं । फ्रेन्च कप्तान केलियन एमबाप्पेले युरोपियन च्याम्पियनसिप ( युराे) मा आफू असफल भएको स्विाकारेका छन् ।

प्रतियोगिताअघि उपाधि दावेदार मानिएको फ्रान्स स्पेनसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो ।  सेमिफाइलसम्मको यात्रा तय गरे पनि टोलीको प्रदर्शन भने निरासाजनक  रह्याे।

प्रतियोगितामा फ्रान्सले जम्मा चार गोल गर्न सफल भयो । जसमा दुई आत्मघाती उपहार पाउँदा एमबाप्पे र रेन्डल कोलो मुअनीको नाममा समान एक गोल रह्यो ।

यो युराेमा एमबाप्पेले एकमात्र गोल पोल्यान्डविरुद्ध गरे त्यो पनि पेनाल्टीमार्फत ।

‘फुटबलमा कहिले राम्रो, कहिले नराम्रो हुन्छ । यस पटक युरोमा म असफल भए । मैले राम्रो प्रदर्शन गर्न सकिन । म च्याम्पियन बन्न चाहन्थ्ये । तर त्यो पूरा हुन सकेन,’ एमबप्पेले भने, ‘अब म केही समय आराम लिन चाहन्छु । त्यसपछि म आफ्नो खेल जीवनलाई नयाँ मोडबाट सुरु गर्नका लागि प्रयास गर्नेछु । मैले अझै धेरै गर्नुछ ।’

अस्ट्रियाविरुद्धको पहिलो खेलमै घाइते हुनु एमबाप्पेका लागि दुर्भाग्य साबित भयो । नाकमा चोट लागेका कारण उनी मास्क लगाएर खेल्न बाध्य भए । जसले गर्दा एमबाप्पे आफ्नो लयमा फर्किनै सकेनन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो