चैत्र ७, २०८२ शनिबार | २३:२६:३८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नेदरल्यान्ड्स र इङ्ल्यान्डको १–१ बराबरी

काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२४) अन्तर्गत दोस्रो सेमिफाइनलको मध्यान्तरसम्म नेदरल्यान्ड्स र इङ्ल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् ।

बोरुसिया डर्टमन्डको सिंगल इडुना पार्कमा ८० हजार समर्थकमाझ अग्रता डच टोलीले बनाएको थियो ।

खेलको सातौं मिनेटमै नेदरल्यान्ड्सले खेलमा गोल गर्याे । २१ वर्षीय युवा अट्याकर जाभी सिमोन्सले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार सिधै गोल भएको थियो । सिमोन्सले दायाँ खुट्टाले हानेको प्रहार गोलकिपर जोर्डन पिकफोर्डले रोक्ने कुनै अवसर नै पाएनन् ।

खेलको १७औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल फर्कायो । नेदरल्यान्ड्सका रक्षक डेन्जल डुम्फ्रिजले बक्सभित्र फाउल गरेपछि ह्यारी केन आफैले गोल गरेका थिए । केनको पेनाल्टी प्रहारलाई गोलकिपर बर्ट बब्र्रुगेनले सही दिशा दिएपनि रोक्न सकेनन् ।

खेलको ३२औं मिनेटमा फिल फोडेनले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार दोस्रो बारमा लाग्दै बाहिरिदा इङ्ल्यान्ड अग्रता बनाउन चुकेको थियो ।

यो खेलको विजेताले उपाधिको लागि स्पेनसँग खेल्नेछ । स्पेन फ्रान्सलाई २–१ ले हराउँदै पाँचौ पटक फाइनलमा प्रवेश गरिसकेको छ । तीन पटक स्पेनले उपाधि नै जितेको छ ।

यसअघि क्वार्टरफाइइनलमा नेदरल्यान्ड्सले टर्कीलाई २–१ तथा इङ्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो