माघ १५, २०८२ बिहीबार | २२:०८:४०
दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित

नेदरल्यान्ड्स र इङ्ल्यान्डको १–१ बराबरी

काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२४) अन्तर्गत दोस्रो सेमिफाइनलको मध्यान्तरसम्म नेदरल्यान्ड्स र इङ्ल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् ।

बोरुसिया डर्टमन्डको सिंगल इडुना पार्कमा ८० हजार समर्थकमाझ अग्रता डच टोलीले बनाएको थियो ।

खेलको सातौं मिनेटमै नेदरल्यान्ड्सले खेलमा गोल गर्याे । २१ वर्षीय युवा अट्याकर जाभी सिमोन्सले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार सिधै गोल भएको थियो । सिमोन्सले दायाँ खुट्टाले हानेको प्रहार गोलकिपर जोर्डन पिकफोर्डले रोक्ने कुनै अवसर नै पाएनन् ।

खेलको १७औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल फर्कायो । नेदरल्यान्ड्सका रक्षक डेन्जल डुम्फ्रिजले बक्सभित्र फाउल गरेपछि ह्यारी केन आफैले गोल गरेका थिए । केनको पेनाल्टी प्रहारलाई गोलकिपर बर्ट बब्र्रुगेनले सही दिशा दिएपनि रोक्न सकेनन् ।

खेलको ३२औं मिनेटमा फिल फोडेनले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार दोस्रो बारमा लाग्दै बाहिरिदा इङ्ल्यान्ड अग्रता बनाउन चुकेको थियो ।

यो खेलको विजेताले उपाधिको लागि स्पेनसँग खेल्नेछ । स्पेन फ्रान्सलाई २–१ ले हराउँदै पाँचौ पटक फाइनलमा प्रवेश गरिसकेको छ । तीन पटक स्पेनले उपाधि नै जितेको छ ।

यसअघि क्वार्टरफाइइनलमा नेदरल्यान्ड्सले टर्कीलाई २–१ तथा इङ्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।