माघ ४, २०८२ आइतबार | १७:०१:५१
एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार

ललित स्मृति यु-१८ युथ लिगको विजेताले १ लाख पाउने

काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष तथा लिग संयोजक दीपक खतिवडाले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारे जानकारी दिए ।

यसैगरी उपविजेतालाई ५० हजार तथा विधागत उत्कृष्ट हुनेलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाह, प्रतियोगिता निर्देशक सञ्जीव मिश्रलगायतबको उपस्थिति थियो ।

प्रतियोगिताको तयारी बापत सहभागी क्लबले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । लिगका सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मैदानमा हुनेछ ।

असार ३० देखि सुरु हुने  लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन् ।

एन्फाले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

सोहि दिन दिउँसो ४ बजे हुने खेलमा सातदोबाटो युथ क्लब र खुमलटार एफसी भिड्नेछन् ।

प्रतियोगितामा गत संस्करण ‘ए’ डिभिजन खेलेका एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङदी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले भाग लिने छन् ।

फ्रेन्ड्स र हिमालयन शेर्पाले भने प्रतियोगितामा सहभागिता नजनाउने भएका छन् । सहभागी टोलीले एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहेने टोली च्याम्पियन बन्ने छ ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate