चैत्र ८, २०८२ आइतबार | १६:०८:३७
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

ललित स्मृति यु-१८ युथ लिगको विजेताले १ लाख पाउने

काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष तथा लिग संयोजक दीपक खतिवडाले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारे जानकारी दिए ।

यसैगरी उपविजेतालाई ५० हजार तथा विधागत उत्कृष्ट हुनेलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाह, प्रतियोगिता निर्देशक सञ्जीव मिश्रलगायतबको उपस्थिति थियो ।

प्रतियोगिताको तयारी बापत सहभागी क्लबले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । लिगका सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मैदानमा हुनेछ ।

असार ३० देखि सुरु हुने  लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन् ।

एन्फाले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

सोहि दिन दिउँसो ४ बजे हुने खेलमा सातदोबाटो युथ क्लब र खुमलटार एफसी भिड्नेछन् ।

प्रतियोगितामा गत संस्करण ‘ए’ डिभिजन खेलेका एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङदी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले भाग लिने छन् ।

फ्रेन्ड्स र हिमालयन शेर्पाले भने प्रतियोगितामा सहभागिता नजनाउने भएका छन् । सहभागी टोलीले एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहेने टोली च्याम्पियन बन्ने छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो