माघ १७, २०८२ शनिबार | २१:५९:५६
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

स्पेनलाई फ्रान्सको चुनौती

काठमाडौं । युरोपियन च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा स्पेनले बलियो प्रतिद्धन्द्धी फ्रान्सको सामना गर्दैछ । खेल जर्मनीको एलियान्ज रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

स्पेनले घरेलु टोली जर्मनीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । अल्भारो मोराटाको कप्तानीमा मैदान उत्रिने स्पेनको आक्रमण विंगर निको विलियम्स र लामिन यामलमा भर पर्नेछ ।

प्रतियोगितामा विलियम्सले एक गोल गर्दा एक गोलका लागि अवसर सिर्जना गरेका छन् । यामलको नाममा गोल नभए पनि उनी तीन गोलका लागि अवसर सिर्जना गरेका छन् ।

फ्रान्सविरुद्धको खेलमा रक्षक ड्यानी कार्भजाल भने हुने छैनन् । उनले जर्मनीविरुद्धको खेलमा रातो कार्ड ब्यहोरेका थिए । कार्भजालको अनुस्थितीमा प्रशिक्षक लुइस डी ला फुएन्टेले नाचोलाई पहिलो रोजाइमा मौका दिन सक्छन् ।

यसैगरी मिडफिल्डमा पेड्री पनि हुने छैनन् । उनी जर्मनीविरुद्धको खेलमा घाइते भएका थिए । पेड्रीको हुँदा ड्यानी ओल्मोले पहिलो रोजाइमा मौका पाउने सम्भावना प्रवल छ ।

जर्मनीविरुद्ध पेड्रीको स्थानमा मैदान प्रवेश गरेका ओल्मोले प्रभावशाली प्रदर्शन गरेका थिए । जारी प्रतियोगितामा शतप्रतिशत जित निकालेको स्पेनले ११ गोल गर्दा १०२ पटक गोलका लागि प्रयास गरेको छ। 

फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

यता स्वभाविक लयमा नरहेको फ्रान्सको अक्रमण कप्तान केलियन एमबाप्पेमै निर्भर रहनेछ । तर एमबाप्पेले जारी प्रतियोगितामा एक मात्र गोल गरेका छन् । 

ओस्माने डेम्बेले, एन्टोइन ग्रिजम्यान,मार्कस थुरम जस्ता विश्वस्तरित फरवार्ड रहे पनि फ्रान्सको आक्रमण निकै फितलो देखिएको छ । तर टोलीले धेरै गोल पनि ब्यहोरेको छैन । हालसम्म पाँच खेल खेल्दा फ्रान्सले मात्र एक गोल खाएको छ ।

पछिल्लो आठ वर्षमा फ्रान्स चौथो प्रमुख प्रतियोगिताको फाइनलको नजिक छ। फ्रान्सले यसअघि सन् २०१६ को युरोसँगै सन् २०१८ र २०२२ को विश्वकपको फाइनल खेलेको थियो। 

यी दुईबीच हालसम्म ३६ खेल हुँदा स्पेनले १६ र फ्रान्सले १३ जित निकालेका छन् । सात खेल बराबरीमा सकिएको छ । सन् २०२१ मा भएको पछिल्लो भेटमा फ्रान्स २-१ ले विजयी भएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।