चैत्र १३, २०८२ शुक्रबार | २३:४९:४८
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

स्पेनलाई फ्रान्सको चुनौती

काठमाडौं । युरोपियन च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा स्पेनले बलियो प्रतिद्धन्द्धी फ्रान्सको सामना गर्दैछ । खेल जर्मनीको एलियान्ज रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

स्पेनले घरेलु टोली जर्मनीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । अल्भारो मोराटाको कप्तानीमा मैदान उत्रिने स्पेनको आक्रमण विंगर निको विलियम्स र लामिन यामलमा भर पर्नेछ ।

प्रतियोगितामा विलियम्सले एक गोल गर्दा एक गोलका लागि अवसर सिर्जना गरेका छन् । यामलको नाममा गोल नभए पनि उनी तीन गोलका लागि अवसर सिर्जना गरेका छन् ।

फ्रान्सविरुद्धको खेलमा रक्षक ड्यानी कार्भजाल भने हुने छैनन् । उनले जर्मनीविरुद्धको खेलमा रातो कार्ड ब्यहोरेका थिए । कार्भजालको अनुस्थितीमा प्रशिक्षक लुइस डी ला फुएन्टेले नाचोलाई पहिलो रोजाइमा मौका दिन सक्छन् ।

यसैगरी मिडफिल्डमा पेड्री पनि हुने छैनन् । उनी जर्मनीविरुद्धको खेलमा घाइते भएका थिए । पेड्रीको हुँदा ड्यानी ओल्मोले पहिलो रोजाइमा मौका पाउने सम्भावना प्रवल छ ।

जर्मनीविरुद्ध पेड्रीको स्थानमा मैदान प्रवेश गरेका ओल्मोले प्रभावशाली प्रदर्शन गरेका थिए । जारी प्रतियोगितामा शतप्रतिशत जित निकालेको स्पेनले ११ गोल गर्दा १०२ पटक गोलका लागि प्रयास गरेको छ। 

फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

यता स्वभाविक लयमा नरहेको फ्रान्सको अक्रमण कप्तान केलियन एमबाप्पेमै निर्भर रहनेछ । तर एमबाप्पेले जारी प्रतियोगितामा एक मात्र गोल गरेका छन् । 

ओस्माने डेम्बेले, एन्टोइन ग्रिजम्यान,मार्कस थुरम जस्ता विश्वस्तरित फरवार्ड रहे पनि फ्रान्सको आक्रमण निकै फितलो देखिएको छ । तर टोलीले धेरै गोल पनि ब्यहोरेको छैन । हालसम्म पाँच खेल खेल्दा फ्रान्सले मात्र एक गोल खाएको छ ।

पछिल्लो आठ वर्षमा फ्रान्स चौथो प्रमुख प्रतियोगिताको फाइनलको नजिक छ। फ्रान्सले यसअघि सन् २०१६ को युरोसँगै सन् २०१८ र २०२२ को विश्वकपको फाइनल खेलेको थियो। 

यी दुईबीच हालसम्म ३६ खेल हुँदा स्पेनले १६ र फ्रान्सले १३ जित निकालेका छन् । सात खेल बराबरीमा सकिएको छ । सन् २०२१ मा भएको पछिल्लो भेटमा फ्रान्स २-१ ले विजयी भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो