चैत्र ५, २०८२ बिहीबार | २१:४८:१४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

धैर्य गर्न ब्राजिली प्रशिक्षकको आग्रह

काठमाडौं । ब्राजिलका प्रशिक्षक डोरिभाल जुनियरले आइतबार बिहान उरुग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै कोपा अमेरिकाबाट बाहिरिएपछि राष्ट्रिय टोली विजयी लयमा फर्किन समय लाग्ने बताएका छन् ।

नसोचेको पराजय भोगेपछि टिमलाई लय समाउन समय लाग्ने र त्यसका लागि धैर्य आवश्यक हुने उनको भनाई थियो । हारपछि ब्राजिली फुटबल संघ, खेलाडी, समर्थक तथा आफ्ना प्रशिक्षण सहयात्रीहरुलाई उनले सकारात्मक सोचका साथ धैर्य गर्न आह्वान गरे ।

कोपा अमेरिकामा ९ पटक उपाधि जितेको ब्राजिल आइतबार बिहान लास भेगासमा उरुग्वेसँग टाई–ब्रेकरमा ४–२ ले पराजित भएको थियो । त्यसअघि १० जनामा सीमित भएर खेलको अन्त्य गरेको उरुग्वेसँग ब्राजिलले निर्धारित समयमा गोलरहित बराबरी नतिजामा चित्त बुझाएको थियो ।

१२ यार्डको किकमा ब्राजिलका एडर मिलिटाओ र डगलस लुइज असफल भए । ब्राजिलको निराशाजनक क्वार्टरफाइनलमा प्रतिबन्धका कारण भिनिसियस जुनियर मैदानमा थिएनन् ।

चोटका कारण नेइमार अनुपस्थित रहेको प्रतियोगितामा डोरिभालले अरु केही ठूला नामलाई पनि बाहिरै राखेका थिए । गत जनवरीमा मात्र नियुक्त भएका प्रशिक्षकले टिम पुननिर्माणको अभियान सम्भव रहेको र त्यसका लागि समय लाग्ने बताए ।

‘हामी यो टिम पुननिर्माणको महत्वपूर्ण समयमा छौं । मैले यो टिममा प्रशिक्षकको रुपमा नेतृत्व लिएपछि हामीले आठ खेलमात्र खेलेका छौं । यो प्रक्रिया लामो समय चल्नुपर्छ,’ उनले भने, ‘हामी यात्राको दौरान आउने कठिनाइहरुप्रति सचेत थियौं । तर आज हामीले नकआउट खेलमा हार भोग्यौं, जुन हामीले सोचेका पनि थिएनौं ।’

विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोट प्रतियोगिताको अंकतालिकामा ब्राजिल छैटौं स्थानमा छ । प्रशिक्षक डोरिभाल टिमसँग सुधारिएको प्रदर्शन गर्नुवाहेक अन्य विकल्प नरहेकोमा जानकार छन् ।

‘हामीले सुधार गर्नुपर्ने धेरै ठाउँ छन् । वर्तमानमा अब हाम्रो लक्ष्य भनेकै सम्भव सबैखाले सुधार गर्दै विश्वकपमा छनोट हुनु हो,’ उनी भन्छन्, ‘अहिले हामी विश्वकप छनोटको छैटौं स्थानमा छौं, जुन हामीले चाहेको स्थान होइन । हामी अब तत्काल विश्वकप छनोटमा केन्द्रित भएर त्यहाँ अवस्थामा सुधार ल्याउन लाग्नुपर्छ ।’

मार्सेलो विएल्साको नेतृत्वमा उरुग्वेले पछिल्लो समय गरेको सुधारलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै डोरिभालले आफूलाई पनि लामो समय दिन आग्रह गरे ।

‘मेरो विचारमा उरुग्वेको राष्ट्रिय टिमसँग आफ्नो एउटा शैली छ । जुन उनीहरु सबैले राम्ररी बुझेका छन् । उनीहरुले सँगै एउटा टिमका रुपमा लामो समय काम गरिसके । सुरुमा उनीहरुकहाँ पनि समस्या आएका थिए, जसलाई उनीहरुले विस्तारै समाधान गर्दै लगे,’ डोरिभालले थपे, ‘यही कारण हो, अहिले उनीहरुले निक्कै सुखद नतिजा हासिल गरिरहेका छन् । हामीले पनि केही सुधार गरेपछि त्यस्तै नतिजा हासिल गर्न सक्छौं ।’

कोपा अमेरिका सुरु गर्नेबेला आफूहरुसँग पनि केही समस्या रहेको बताउँदै डोरिभालले त्यसलाई सुधारेको दाबी गरे । ‘हामीले छोटो समयमा धेरै समस्याहरु तिब्र जतिमा सुधारेका छौं । सुधारको यो प्रकृयालाई निरन्तरता दिनुपर्छ । हामीलाई थप समय दियो भने नयाँ उर्जासहितको ब्राजिली टिम देख्न पाइनेछ,’ उनले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो