चैत्र ४, २०८२ बुधबार | ११:०७:४०
सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित

उस्तै रहेनन् रोनाल्डो, अब विदा हुनुपर्छ

काठमाडौं । जर्मनीमा जारी युरोपेली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियनसिपमा पोर्चुगलको प्रदर्शनमाथि समिक्षा गर्ने हो भने उत्तरमा ‘फेरि पनि पूरा टिम एक व्यक्तिको वरिपरी मात्र घुम्न खोज्दा असफलता भोग्नु परेको’ भन्ने आउँछ ।

धेरै समय भयो, पोर्चुगाली टिमले क्रिस्टियानो रोनाल्डोमाथि मात्र भर गर्न थालेको । पोर्चुगाली टिमले मैदान उत्रिँदा मात्र नभई टिम छान्दा समेत तयार गर्ने रणनीति रोनाल्डोलाई केन्द्रमा राखेर बनाउने गर्छ । पोर्चुगाली टिम ‘रोनाल्डोकै प्रेरणामा बाच्छ र उनकै कारण दूर्भाग्यजनक अन्त्यको सिकार बन्छ’ भन्दा फरक पर्दैन ।

युरो २०२४ को क्वार्टरफाइनलमा शुक्रबार मध्यराती पेनाल्टी सुटआउटसम्म संघर्ष गर्दै पोर्चुगलले फ्रान्सलाई नतिजा सुम्पिएर घर फर्कियो । नकआउट चरणको दोस्रो खेलमा पनि पूरा १२० मिनेटसम्म पनि सम्पूर्ण पोर्चुगाली टिमले आफ्ना कप्तानका लागि सुन्दर अवसर जुराउने धुनमै खेर फाल्यो ।

अन्तिम १६ मा स्लोभेनियाविरुद्धको खेलमा पनि पोर्चुगलको रणनीति उस्तै थियो । पूरा १२० मिनेट पोर्चुगलको खेल रोनाल्डोकेन्द्रित थियो । गोलरहित बराबरी नतिजापछि अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटसम्म संघर्ष गरेर पोर्चुगलले बढो मुस्किलसँग क्वार्टरफाइनलको यात्रा पक्का गरेको थियो । निर्धारित समयमै प्राप्त पेनाल्टीमा रोनाल्डो नचुकेको भए टोलीले दुई घण्टासम्म मैदानमा मेहनत गर्नुपर्ने थिएन ।

स्लोभेनियाविरुद्धको अन्तिम १६ मा जसोतसो जोगिएको पोर्चुगलका लागि क्वार्टरफाइनलमा भाग्य उस्तै रहेन । प्रतिद्वन्द्वी पनि अन्तिम आठको खेलमा उच्च फर्ममा रहेको र अनुभवी फ्रान्स थियो । जसका कारण ढल्कँदो उमेरका रोनाल्डोमाथिको अत्याधिक भरले पोर्चुगललाई निराशाको भागिदार बनायो ।

पछिल्लो पाँच वर्षदेखि निरन्तर रोनाल्डोबाट ठूला अन्तर्राष्ट्रिय खेलमा हुँदै आएका कमजोरी फ्रान्सविरुद्धको खेलमा पनि कायम रहयो । अर्थात पूरा टिमले उनलाई नै अवसर सिर्जना गर्न खोज्ने, अनि स्वयम रोनाल्डोले चाँही आफ्ना प्रतिभावान सहयात्रीलाई एसिस्ट नगर्ने ।

‘कुनै समय आफूसँग बल हुँदा खतरनाक मुभ बनाउने क्षमताका रोनाल्डोसँग बल हुँदा अचेल अवसर खेर जाने भय बढि हुन थालिसकेको छ । तथापि उनले आफैलाई केन्द्रमा राखेर प्रयासहरु गरिरहँदा केही यार्डबाट रोनाल्डोले गरेका प्रहार अकासिन थालेका छन् । उनका फ्रिकिकहरुमा बार सधै तगारो बन्न थालिसके,’ युरोपेली फुटबलमा कलम चलाउने पत्रकार सिन वाल्स लेख्छन्, ‘साच्चै रोनाल्डो अब करियरको उत्कर्षमा छैनन् । उनको करियर ओरालो लाग्न थालेको धेरै भइसक्यो । अब रोनाल्डो उबेलाको रोनाल्डो रहेनन् ।’

वाल्सको विचारमा अब रोनाल्डोले पनि बर्हिगमनको बाटो खोज्नुपर्छ र पोर्चुगलले पनि उनीविनाको टिमका लागि योजना बनाउन थाल्नुपर्छ । प्रमूख प्रतियोगिताहरुका पछिल्ला २१ नकआउट खेलमा रोनाल्डोले तीन गोलमात्र गर्न सकेका छन् । यो तथ्यांकले पनि कुनै बेला विश्व फुटबल हल्लाएका रोनाल्डोलाई साथ दिँदैन ।

लामो समयदेखि एक व्यक्तिमाथि केन्द्रित भएर टिम बन्ने गरे पनि पोर्चुगाली प्रशिक्षक रोबर्टो मार्टिनेजसँग ब्रुनो फर्नान्डेज, राफेल लियाओ, बर्नार्डो सिल्भा, डियोगो जोटा, जोआवो फेलिक्स र पेड्रो नेटोजस्ता उच्चस्तरीय आक्रामक स्टारहरु छन् ।

‘क्षमतावान खेलाडीहरुको ठूलै जमात भए पनि मार्टिनेजले रोनाल्डोमाथि धेरै भर गरे । उनलाई आवश्यकताभन्दा बढि महत्व दिइरहे । यसकारण पोर्चुगलको असफलताको पूरा जिम्मेवारी उनले लिनुपर्छ,’ वाल्सले लेखेका छन्, ‘तर अब पोर्चुगलको भविश्य रोनाल्डोसँग छैन । स्वयम रोनाल्डोजस्ता महान खेलाडीको लागि पनि अब टिममा बाधिइरहनु सुहाउँदैन । अब रोनाल्डोको समय सकिइसक्यो ।’ 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH