पुस १७, २०८२ शुक्रबार | ०९:३७:२५
सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा

उस्तै रहेनन् रोनाल्डो, अब विदा हुनुपर्छ

काठमाडौं । जर्मनीमा जारी युरोपेली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियनसिपमा पोर्चुगलको प्रदर्शनमाथि समिक्षा गर्ने हो भने उत्तरमा ‘फेरि पनि पूरा टिम एक व्यक्तिको वरिपरी मात्र घुम्न खोज्दा असफलता भोग्नु परेको’ भन्ने आउँछ ।

धेरै समय भयो, पोर्चुगाली टिमले क्रिस्टियानो रोनाल्डोमाथि मात्र भर गर्न थालेको । पोर्चुगाली टिमले मैदान उत्रिँदा मात्र नभई टिम छान्दा समेत तयार गर्ने रणनीति रोनाल्डोलाई केन्द्रमा राखेर बनाउने गर्छ । पोर्चुगाली टिम ‘रोनाल्डोकै प्रेरणामा बाच्छ र उनकै कारण दूर्भाग्यजनक अन्त्यको सिकार बन्छ’ भन्दा फरक पर्दैन ।

युरो २०२४ को क्वार्टरफाइनलमा शुक्रबार मध्यराती पेनाल्टी सुटआउटसम्म संघर्ष गर्दै पोर्चुगलले फ्रान्सलाई नतिजा सुम्पिएर घर फर्कियो । नकआउट चरणको दोस्रो खेलमा पनि पूरा १२० मिनेटसम्म पनि सम्पूर्ण पोर्चुगाली टिमले आफ्ना कप्तानका लागि सुन्दर अवसर जुराउने धुनमै खेर फाल्यो ।

अन्तिम १६ मा स्लोभेनियाविरुद्धको खेलमा पनि पोर्चुगलको रणनीति उस्तै थियो । पूरा १२० मिनेट पोर्चुगलको खेल रोनाल्डोकेन्द्रित थियो । गोलरहित बराबरी नतिजापछि अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटसम्म संघर्ष गरेर पोर्चुगलले बढो मुस्किलसँग क्वार्टरफाइनलको यात्रा पक्का गरेको थियो । निर्धारित समयमै प्राप्त पेनाल्टीमा रोनाल्डो नचुकेको भए टोलीले दुई घण्टासम्म मैदानमा मेहनत गर्नुपर्ने थिएन ।

स्लोभेनियाविरुद्धको अन्तिम १६ मा जसोतसो जोगिएको पोर्चुगलका लागि क्वार्टरफाइनलमा भाग्य उस्तै रहेन । प्रतिद्वन्द्वी पनि अन्तिम आठको खेलमा उच्च फर्ममा रहेको र अनुभवी फ्रान्स थियो । जसका कारण ढल्कँदो उमेरका रोनाल्डोमाथिको अत्याधिक भरले पोर्चुगललाई निराशाको भागिदार बनायो ।

पछिल्लो पाँच वर्षदेखि निरन्तर रोनाल्डोबाट ठूला अन्तर्राष्ट्रिय खेलमा हुँदै आएका कमजोरी फ्रान्सविरुद्धको खेलमा पनि कायम रहयो । अर्थात पूरा टिमले उनलाई नै अवसर सिर्जना गर्न खोज्ने, अनि स्वयम रोनाल्डोले चाँही आफ्ना प्रतिभावान सहयात्रीलाई एसिस्ट नगर्ने ।

‘कुनै समय आफूसँग बल हुँदा खतरनाक मुभ बनाउने क्षमताका रोनाल्डोसँग बल हुँदा अचेल अवसर खेर जाने भय बढि हुन थालिसकेको छ । तथापि उनले आफैलाई केन्द्रमा राखेर प्रयासहरु गरिरहँदा केही यार्डबाट रोनाल्डोले गरेका प्रहार अकासिन थालेका छन् । उनका फ्रिकिकहरुमा बार सधै तगारो बन्न थालिसके,’ युरोपेली फुटबलमा कलम चलाउने पत्रकार सिन वाल्स लेख्छन्, ‘साच्चै रोनाल्डो अब करियरको उत्कर्षमा छैनन् । उनको करियर ओरालो लाग्न थालेको धेरै भइसक्यो । अब रोनाल्डो उबेलाको रोनाल्डो रहेनन् ।’

वाल्सको विचारमा अब रोनाल्डोले पनि बर्हिगमनको बाटो खोज्नुपर्छ र पोर्चुगलले पनि उनीविनाको टिमका लागि योजना बनाउन थाल्नुपर्छ । प्रमूख प्रतियोगिताहरुका पछिल्ला २१ नकआउट खेलमा रोनाल्डोले तीन गोलमात्र गर्न सकेका छन् । यो तथ्यांकले पनि कुनै बेला विश्व फुटबल हल्लाएका रोनाल्डोलाई साथ दिँदैन ।

लामो समयदेखि एक व्यक्तिमाथि केन्द्रित भएर टिम बन्ने गरे पनि पोर्चुगाली प्रशिक्षक रोबर्टो मार्टिनेजसँग ब्रुनो फर्नान्डेज, राफेल लियाओ, बर्नार्डो सिल्भा, डियोगो जोटा, जोआवो फेलिक्स र पेड्रो नेटोजस्ता उच्चस्तरीय आक्रामक स्टारहरु छन् ।

‘क्षमतावान खेलाडीहरुको ठूलै जमात भए पनि मार्टिनेजले रोनाल्डोमाथि धेरै भर गरे । उनलाई आवश्यकताभन्दा बढि महत्व दिइरहे । यसकारण पोर्चुगलको असफलताको पूरा जिम्मेवारी उनले लिनुपर्छ,’ वाल्सले लेखेका छन्, ‘तर अब पोर्चुगलको भविश्य रोनाल्डोसँग छैन । स्वयम रोनाल्डोजस्ता महान खेलाडीको लागि पनि अब टिममा बाधिइरहनु सुहाउँदैन । अब रोनाल्डोको समय सकिइसक्यो ।’ 


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC