काठमाडौं । बेल्जियमले युरो २०२४ मा पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा रोमानियालाई २–० ले हरायो ।
बेल्जियमको जितमा यौरी टिलेमन्स र केभिन डि ब्रुयनाले समान एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमै यौरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका हुन् ।
लुकाकुले ६३औं मिनेटमा अर्काे गोल थपेका थिए । तर, भिएआरले त्यो गोललाई मान्यता दिएन । ८०औं मिनेटमा ब्रुयनाले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।
यो खेलपछि समूह ‘इ’ को समिकरण रोमाञ्चक बनेको छ । समान दुई खेलबाट रोमानिया, बेल्जियम, स्लोभाकिया र युक्रेनको समान तीन अंक छ । अब, अन्तिम १६ पुग्ने टोलीको टुंगो अन्तिम खेलबाटै लाग्नेछ ।
२६ जुनमा हुने खेलमा स्लोभाकिया र रोमानिया, युक्रेन र बेल्जियम प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
