चैत्र १५, २०८२ आइतबार | २३:५६:२६
मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई

महिला-भेट्रान पुरुष खेलाडी मैत्री खेलः रेनुकाको जस्तो स्थिति दोहोरिएको भए जवाफदेही को ?

काठमाडौं । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा शुक्रबार नेपाली राष्ट्रिय महिला टोलीले भेट्रान पुरुष खेलाडी टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्यो ।

लेबनानको बेरुतमा जुलाई ८ देखि हुने चार देशसम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा रहेको नेपाली महिला टोली भेट्रान टोलीसँग ३-१ ले पराजित भएको छ ।

पुरुष भेट्रान खेलाडीसँग महिला खेलाडीले हार बेहोर्नु स्वाभाविक हो । तर, यहाँ विषय कस्ले जित्यो, कस्ले हार्यो भन्ने होइन । कुरा हो, फुटबलको नियामक निकाय एन्फाको चरम लापरबाही ।

नेपाली महिला टोलीले गत वर्षको फागुनमा वाफ महिला च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । साउदी अरेबियामा भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । जतिबेला नेपाली खेलाडीहरूले विश्वभरबाट प्रशंसा बटुलेको थियो । फाइनलमा बलियो टोली जोर्डनसँग टाइब्रेकरसम्म पुगेको नेपाल अन्तिम पेनाल्टी अवसरमा चुकेको थियो ।

त्यतिबेला खेलाडीको एउटै गुनासो थियो । उनीहरू भन्थे, ‘हामीले कुनै पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलविना नै यो प्रतियोगिता खेल्नुपर्यो । सायद केही मैत्रीपूर्ण खेलको एक्सपोजर पाएको भए हामीले अझ बलियो चुनौती प्रस्तुत गर्न सक्थ्यौं ।’

अहिले नेपाली टोली अर्को प्रतियोगिता खेल्न जाँदै छ । प्रतियोगिता आउन २० दिनभन्दा कमको समय बाँकी छ । यो समय हो नेपाली टोलीले केही अन्तर्राष्ट्रिय एक्सपोजर पाउने । तर, सातदोबाटोमा शुक्रबार जे देखियो, त्यसले नेपाली फुटबलको लापरबाही छर्लङ्ग पारिदिएको छ ।

महिला शारीरिक रूपमा पुरुषभन्दा कमजोर हुन्छन् । यसरी अनावश्यक मैत्रीपूर्ण खेल खेलाइँदा खेलाडीहरू घाइते हुने सम्भावना प्रबल हुन्छ । यस्तोमा एन्फाले यी दुई टोलीबीच मैत्रीपूर्ण खेल खेलाउनु कत्तिको सही हो ? प्रश्न त्यत्तिकै उठेको होइन ।

दुई वर्षअघि मात्र नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको छैटौं संस्कणको आयोजना गरेको थियो । त्यतिबेला पनि साफकै तयारीका लागि भनेर एन्फाले महिला टोली र भेट्रान खेलाडीबीच मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो । उक्त खेलमा कप्तान रेनुका नगरकोटे घाइते हुन पुगिन् । उनले घरेलु मैदानमा भएको साफ च्याम्पियनसिप गुमाइन् । जसको प्रत्यक्ष असर उपाधि दाबेदार नेपाली टोलीमा परेको यथार्थ छ ।

चार पटकको उपविजेता नेपाल छैंटौं प्रयासमा उपाधि घर ल्याउने लक्ष्यका साथ मैदान उत्रिएको थियो । तर, सेमिफाइनलमा भारतलाई हराएको नेपाल फाइनलमा बंगलादेशसँग ३-१ ले निराश बन्यो । सायद रेनुका घाइते नभएकी भए कथा अर्कै हुन सक्थ्यो कि ?

शुक्रबार सातदोबाटोमा पनि दुई वर्षअघिको घटना दोहोरिन सक्थ्यो । धन्न, त्यस्तो नराम्रो घटना घटेन । पुरुष राष्ट्रिय टोली अन्तर्राष्ट्रिय खेलको तयारीमा रहँदा विभागीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ । तर, महिलाको सन्दर्भमा यो सम्भव छैन । किनभने महिला टोलीमा अधिकांश खेलाडी विभागकै छन् । जसले गर्दा विभाग र महिला टोलीबीच मैत्रीपूर्ण खेल सम्भव छैन ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङ भने खेलाडीको स्तर मापन गर्न मैत्रीपूर्ण खेल खेलेको तर्क दिन्छन् ।

‘हामीले खेलाडीलाई प्रतियोगिताअघि शारीरिक रुपमा बलियो बनाउन भेट्रान टोलीसँग मैत्रीपूर्ण खेल खेलेका हौं । वाफ च्याम्पियनसिपमा पनि हामीले शारीरिक रुपमा बलियो जोर्डनसँग खेलिसकेका थियौं । यो मैत्रीपूर्ण खेल खेलाडीको बल र कमजोरी छुट्टयाउनका लागि खेलाइएको हो । यसमा नकारात्मक पक्षहरु छैनन्, ’ प्रशिक्षक तामाङले भने, ‘अब आउने प्रतियोगितामा सबै टोली शरीरिक रुपमा बलिया छन् । लेबनान र जोर्डनसँगै बंगलादेश जस्तो राम्रो टोलीसँग खेल्नुपर्ने भएकाले यो खेल हाम्रो लागि महत्वपूर्ण थियो । ’

खेलाडी घाइते हुने सम्भावनाको विषयमा बोल्दै उनले भने, ‘हामीले सबै तयारी गरेर नै यो खेल खेलाएका हौं । रेफ्रि पनि खेलाडीलाई पर्ने नोक्सानका बारे जानकार थिए । त्यस्तै हामीसँग फिजियो, डाक्टर, मेडिकल टोलीहरु पनि सँगै थिए ।’ 

देशमा महिला लिग नभएको दुई वर्षभन्दा बढी भइसक्यो । त्यत्तिकै त महिला खेलाडीको भविष्य डामाडोल छ, यस्तोमा करिअर नै दाउमा राखेर यसरी पुरुष भेट्रान टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेलाउनुले एन्फामाथि थप अर्को प्रश्न थपेको छ ।

जुलाई ८ बाट सुरु हुने चार देशसम्मिलित प्रतियोगिता आठ दिनसम्म चल्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो