लन्डन । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का प्रशिक्षक माउरिसियो पोचेटिनोले आफूले इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको प्रशिक्षण सम्हाल्ने खबर निराधार रहेको बताएका छन् ।
माउरिसियो पोचेटिनोको टोलीले बुधबार च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीलाई २-१ को नतिजा सुम्पिएसँगै समूह ‘ए’ को विजेता बन्ने अवसर गुमाएको थियो ।
यद्धपी समूह ए बाट सिटीसँगै पिएसजीले पनि नकआउट चरणको टिकट काटिसकेको छ ।
युनाइटेडले गत साता मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेपछि पोचेटिनोले ओल्ड ट्राफोर्डको प्रशिक्षण सम्हाल्ने खबर सार्वजनिक भएको थियो ।
पोचेटिनोले भने आफू पिएसजीमै प्रतिबद्ध रहेको बताएका छन् ।
‘म अहिले पिएसजीमै केन्द्रित छु’, उनले भने, ‘म युनाइटेड जाने खबर सार्वजनिक भइरहेको छ तर यसमा कुनै सत्यता छैन ।’
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
