काठमाडौं । एनआइसी एकेडेमी दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्यम्पियन बनेको छ ।
चन्द्रविनायक पार्क, चावहिल मैदानमा शुक्रबार भएको फाइनलमा एनआइसीले विनायक इङलिस स्कुललाई ३-०ले पराजित गर्यो । एनआइसीका अनिश जोशी, हरिसित परियार र प्रत्युश केसीले गोल गरे ।
विजेता एनआइसीले २० हजार तथा उपविजेता विनायकले १० हजार रुपैयाँ प्राप्त गरे ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा अनिश जोशी उत्कृष्ट खेलाडी, यसुन थापा थापामगर उत्कृष्ट गोलकिपर र गौरव खड्का उत्कृष्ट रक्षक घोषित भए । तीनै जना एनआइसीका हुन् ।
चावहिल स्पोर्टस क्लबको प्राविधिक सहयोगमा जेठ २८ गतेदेखि सुरु प्रतियोगितामा १६ छात्र टोली सहभागी थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
