पुस २२, २०८२ बुधबार | १७:२८:५०
युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: खो–खोको महिला र पुरुष टिमले जित्यो टिम अफ दी इयर अवार्ड एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज आइभरीकोस्ट क्वाटरफाइनलमा फरेस्टले वेष्टहमलाई हरायो एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा स्पोर्टस समिटमा विश्वकप ट्रफी अञ्जिलाको सेथुको कमब्याक जित विधान संशोधन गरेर मात्रै निर्वाचन गर्न राखेपको एन्फालाई निर्देशन मेयर कप ब्याडमिन्टन सुरु युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: खो–खोको महिला र पुरुष टिमले जित्यो टिम अफ दी इयर अवार्ड एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज आइभरीकोस्ट क्वाटरफाइनलमा फरेस्टले वेष्टहमलाई हरायो एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा स्पोर्टस समिटमा विश्वकप ट्रफी अञ्जिलाको सेथुको कमब्याक जित विधान संशोधन गरेर मात्रै निर्वाचन गर्न राखेपको एन्फालाई निर्देशन मेयर कप ब्याडमिन्टन सुरु

महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणबाट ८ खेलाडी बाहिरिए

फाइल तस्विर

काठमाडौं । एसिसी महिला एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको बन्द प्रशिक्षणमा २० खेलाडीलाई समावेश गरेको छ । 

यसअघि घोषणा गरिएको २८ सदस्यीय टोलीबाट ८ खेलाडी बाहिरिएका छन् । खुशी डंगोल, सोनी पाख्रिन, यशोदा विष्ट, करुणा भण्डारी, सावित्री धामी, आरति महतो, हेलिशा गुरुङ र संगीता राईले दोस्रो चरणको बन्द प्रशिक्षणमा स्थान बनाउन सकेनन् ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन्। यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।

नेपालले जुलाई १९मा पाकिस्तासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले जुलाई २१ मा युएई र २३ मा भारतको सामना गर्नेछ ।

नेपालले कसरी खेल्न पायो एसिया कप

एसिसीले पहिला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित एसिसी महिला प्रिमियर कपको फाइनल खेल्ने दुई टोलीलाई एसिया कप खेलाउने नियम बनाएको थियो।

तर, पछि एसिसीले मलेसियामा भएको प्रिमियर कपको सेमिफाइनलमा पुग्ने थप दुई टोलीलाई पनि एसिया कप खेलाउने निर्णय गरेसँगै नेपालले प्रतियोगितमा सहभागिता जनाउने अवसर पाएको हो ।

योसँगै नेपाली महिला टोलीले तेस्रो पटक एसिया कपमा सहभागिता जनाउने भएको छ। नेपालले यसअघि २०१२ र २०१६ मा एसिया कप खेलेको थियो। तर, नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका खेलाडी 

इन्दु बर्मा (कप्तान),सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, कविता कुँवर, रुबी पोदार (विकेटकिपर), लक्ष्मी साउद, सम्झना खड्का, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ (विकेटकिपर), पुजा महतो, अस्मिना कर्माचार्य, डोली भट्ट, अलिशा खाडिया, रोमा थापा, ममता चौधरी, किर्तिका मरासिनी, राजमति ऐरी


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA