चैत्र ५, २०८२ बिहीबार | ०९:२५:५६
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणबाट ८ खेलाडी बाहिरिए

फाइल तस्विर

काठमाडौं । एसिसी महिला एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको बन्द प्रशिक्षणमा २० खेलाडीलाई समावेश गरेको छ । 

यसअघि घोषणा गरिएको २८ सदस्यीय टोलीबाट ८ खेलाडी बाहिरिएका छन् । खुशी डंगोल, सोनी पाख्रिन, यशोदा विष्ट, करुणा भण्डारी, सावित्री धामी, आरति महतो, हेलिशा गुरुङ र संगीता राईले दोस्रो चरणको बन्द प्रशिक्षणमा स्थान बनाउन सकेनन् ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन्। यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।

नेपालले जुलाई १९मा पाकिस्तासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले जुलाई २१ मा युएई र २३ मा भारतको सामना गर्नेछ ।

नेपालले कसरी खेल्न पायो एसिया कप

एसिसीले पहिला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित एसिसी महिला प्रिमियर कपको फाइनल खेल्ने दुई टोलीलाई एसिया कप खेलाउने नियम बनाएको थियो।

तर, पछि एसिसीले मलेसियामा भएको प्रिमियर कपको सेमिफाइनलमा पुग्ने थप दुई टोलीलाई पनि एसिया कप खेलाउने निर्णय गरेसँगै नेपालले प्रतियोगितमा सहभागिता जनाउने अवसर पाएको हो ।

योसँगै नेपाली महिला टोलीले तेस्रो पटक एसिया कपमा सहभागिता जनाउने भएको छ। नेपालले यसअघि २०१२ र २०१६ मा एसिया कप खेलेको थियो। तर, नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका खेलाडी 

इन्दु बर्मा (कप्तान),सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, कविता कुँवर, रुबी पोदार (विकेटकिपर), लक्ष्मी साउद, सम्झना खड्का, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ (विकेटकिपर), पुजा महतो, अस्मिना कर्माचार्य, डोली भट्ट, अलिशा खाडिया, रोमा थापा, ममता चौधरी, किर्तिका मरासिनी, राजमति ऐरी


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं