काठमाडौं । सर्लाहीको बागमती युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजनको च्याम्पियन बनेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार लिगको आफ्नो अन्तिम खेलमा पुलचोक स्पोर्टस क्लबसँग गोलरहित बराबरीमा रोकिए पनि बागमतीले उपाधि उचाल्यो ।
यो नतिजासँगै बागमतीले १३ खेलमा ३० अंक जोड्यो । पुलचोक समान खेलबाट २२ अंकका साथ तेस्रो स्थानमा रह्यो ।
बागमती ‘सी’ डिभिजनमा उक्लिएकै वर्ष च्याम्पियन बनेकाे हाे । बागमतीले दोस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमीलाई ४ अंकले पछि पार्यो ।
आरसी ३२ ले बुधबार नै लिगको अन्तिम खेलमा सानेपा क्लबसँग ३-२ को हार ब्यहोरेको थियो ।
यो सिजन रानीवन स्पोर्टस क्लब र गोलबजार स्पोर्टस क्लब रेलिगेशनमा परे ।
यो पनि
लिग फुटबलमा बागमती युवाको उडान
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
