चैत्र १४, २०८२ शनिबार | ०३:५९:११
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

यमनसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ एसियाली छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपाल यमनसँग २-२ को  बराबरीमा रोकिएको छ ।

साउदी अरेबियाको दम्मामस्थित प्रिन्स मोहमद विन फहद रंगशालमा मंगलबार नेपालका लागि सञ्जिव विष्ट र जिलेस्पीजंग कार्कीले गोल गरे । दुवैको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।

यमनका लागि नसीम अल-गाहवाही र मोहम्मद अल-दाहीले गोल गरे ।

यो नतिजासँगै समूह ‘एच’ को नेपालले ६ खेलमा १ अंक सहित पुछारमा रहेर दोस्रो चरणको अन्त्य गरेको छ । यमनको समान खेलबाट ५ अंक रह्यो ।

यो समूहबाट युएई र बहराइनले विश्वकप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित गरेका छन् । नेपाल र यमनले एएफसी एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।

खेलको नवौं मिनेटमा अल-गाहवाहीको पेनाल्टी गोलमार्फत यमनले अग्रता लियो । सञ्जिवले २३औं मिनेटमा बराबरी गोल गरे ।

जिलेस्पीले ६६औं मिनेटमा गोल गर्दा नेपाल २-१ ले अगाडि बढ्यो । इन्जुरी समयमा अल दाहीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

यही खेलमार्फत नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोडङ आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल पूरा गरेका छन् । उनी यो उपलब्धी हासिल गर्ने पहिलो नेपाली फुटबलर हुन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो