माघ १७, २०८२ शनिबार | १३:२९:३०
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

किरणको सयौँ खेलमा यमनकाे सामना गर्दै नेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) यमनको सामना गर्दैछ । खेल साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुनेछ ।

यमनले आफ्नो होम गेम साउदीमा सारेको हो । यसअघि युएईविरुद्ध खेल पनि नेपालले साउदीमा सारेको थियो । नेपाल पछिल्लो खेलमा साउदीसँग ४-० ले पराजित भएको थियाे।

यो खेलसँगै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले सय अन्तर्राष्ट्रिय खेल पूरा गर्दैछन् । यससँगै ३४ वर्षीय अनुभवी किरण नेपालका लागि सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी  हुनेछन् ।

हाल टोलीमा रहेका रोहित चन्दले किरणपछि ९८ खेल खेल्ने  खेलेका छन् ।  

विश्वकप छनोटको दोस्रो चरणमा लगातार पाँच खेल हारेको नेपाल यमनविरुद्ध कम्तिमा अंक खोस्ने लक्ष्यमा छ । ‘अन्तिम खेलमा अंक लिने योजनामा छौं । तर, अंक गुमाउन चाहदैनौं,’ कप्तान किरण भन्छन्, ‘यो खेलमा अंक हासिल गर्याै भने एसियन कप छनोट खेल्न मनोबल बलियो हुनेछ ।’

यो खेल नै प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसको लागि अन्तिम खेल हुनेछ । २०७९ चैतमा एक वर्षको लागि सम्झौता गरेका थिए ।  त्यसपछि  एनेसले थप तीन महिनाको लागि सम्झौता नविकरण गरेका थिए । जुन आजको खेलसँगै समाप्त हुनेछ ।

एन्फाले भने एसियन कप छनोटमा पनि एनेसलाई नै निरन्तरता दिने योजना बनाएको छ । तर, एन्फा कार्यसमितिका बहुमत सदस्य र राष्ट्रिय टोलीका अधिकांश खेलाडी नै सम्झौता नविकरण गर्न नहुने पक्षमा छन् ।

एनेसको प्रशिक्षणमा नेपालले हालसम्म सबैखाले प्रतियोगितामा १८ खेल खेलेको छ । जसमा ११ हार चार जित र तीन बराबर छ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।