चैत्र १३, २०८२ शुक्रबार | ०३:३१:४४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

किरणको सयौँ खेलमा यमनकाे सामना गर्दै नेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) यमनको सामना गर्दैछ । खेल साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुनेछ ।

यमनले आफ्नो होम गेम साउदीमा सारेको हो । यसअघि युएईविरुद्ध खेल पनि नेपालले साउदीमा सारेको थियो । नेपाल पछिल्लो खेलमा साउदीसँग ४-० ले पराजित भएको थियाे।

यो खेलसँगै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले सय अन्तर्राष्ट्रिय खेल पूरा गर्दैछन् । यससँगै ३४ वर्षीय अनुभवी किरण नेपालका लागि सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी  हुनेछन् ।

हाल टोलीमा रहेका रोहित चन्दले किरणपछि ९८ खेल खेल्ने  खेलेका छन् ।  

विश्वकप छनोटको दोस्रो चरणमा लगातार पाँच खेल हारेको नेपाल यमनविरुद्ध कम्तिमा अंक खोस्ने लक्ष्यमा छ । ‘अन्तिम खेलमा अंक लिने योजनामा छौं । तर, अंक गुमाउन चाहदैनौं,’ कप्तान किरण भन्छन्, ‘यो खेलमा अंक हासिल गर्याै भने एसियन कप छनोट खेल्न मनोबल बलियो हुनेछ ।’

यो खेल नै प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसको लागि अन्तिम खेल हुनेछ । २०७९ चैतमा एक वर्षको लागि सम्झौता गरेका थिए ।  त्यसपछि  एनेसले थप तीन महिनाको लागि सम्झौता नविकरण गरेका थिए । जुन आजको खेलसँगै समाप्त हुनेछ ।

एन्फाले भने एसियन कप छनोटमा पनि एनेसलाई नै निरन्तरता दिने योजना बनाएको छ । तर, एन्फा कार्यसमितिका बहुमत सदस्य र राष्ट्रिय टोलीका अधिकांश खेलाडी नै सम्झौता नविकरण गर्न नहुने पक्षमा छन् ।

एनेसको प्रशिक्षणमा नेपालले हालसम्म सबैखाले प्रतियोगितामा १८ खेल खेलेको छ । जसमा ११ हार चार जित र तीन बराबर छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो