चैत्र १८, २०८२ बुधबार | १०:१४:५३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

एएफसी च्याम्पियन्स लिगः साउदीका सबै क्लब सेमिफाइनलबाटै आउट

काठमाडौं । पछिल्लो समय निकै चर्चामा आएको साउदी प्रो लिगका सबै क्लब एएफसी च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलबाटै आउट भएका छन् ।

यसअघि क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर र करिम बेन्जेमाको कप्तानीमा रहेको अल इत्तिहाद अन्तिम आठबाटै बाहिर भएका हुन् । साउदीकै अल फायहा अन्तिम १६ बाटै आउट भएको थियो ।

मंगलबार राति भएको खेलसँगै साउदी प्रो लिग उपाधि नजिक रहेको साविक विजेता अल हिलालपनि अन्तिम चारबाट माथि बढ्न सकेन । युरोपबाट ठूलो खेलाडी अनुबन्ध गरेको अल हिलालले सेमिफाइनलको दोस्रो लेगमा अल ऐनलाई २–१ ले हराउन सफल भयो ।

रियादमा भएको खेलमा अल हिलाल विजयी भएपनि समग्रमा भने ५–४ ले पराजित भएको हो । यसअघि टोली अल हिलाल युएईको क्लबसँग ४–२ ले पराजित भएको थियो ।

घरेलु मैदानमा रुवेन नेभसले पेनाल्टीमा गोल गर्दै चौथो मिनेटमै अग्रता दिलाएका थिए । एरिकले १२औं मिनेटमा बराबरी गोल गरे । ५१औं मिनेटमा अल दाव्सरीले गोल गरेपनि बाँकी समय गोल भएन र अल हिलाल बाहिरिएको हो ।

अब, उपाधिका लागि अल ऐनले जापानको योकोहमा मारिनोस र दक्षिण कोरियाको उल्सान हुन्डाईको विजेतासँग खेल्नेछ । पहिलो लेगमा उल्सान १–० ले अगाडि छ । फाइनल ११ मेमा हुनेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो