माघ १८, २०८२ आइतबार | १०:३६:१६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एएफसी च्याम्पियन्स लिगः साउदीका सबै क्लब सेमिफाइनलबाटै आउट

काठमाडौं । पछिल्लो समय निकै चर्चामा आएको साउदी प्रो लिगका सबै क्लब एएफसी च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलबाटै आउट भएका छन् ।

यसअघि क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर र करिम बेन्जेमाको कप्तानीमा रहेको अल इत्तिहाद अन्तिम आठबाटै बाहिर भएका हुन् । साउदीकै अल फायहा अन्तिम १६ बाटै आउट भएको थियो ।

मंगलबार राति भएको खेलसँगै साउदी प्रो लिग उपाधि नजिक रहेको साविक विजेता अल हिलालपनि अन्तिम चारबाट माथि बढ्न सकेन । युरोपबाट ठूलो खेलाडी अनुबन्ध गरेको अल हिलालले सेमिफाइनलको दोस्रो लेगमा अल ऐनलाई २–१ ले हराउन सफल भयो ।

रियादमा भएको खेलमा अल हिलाल विजयी भएपनि समग्रमा भने ५–४ ले पराजित भएको हो । यसअघि टोली अल हिलाल युएईको क्लबसँग ४–२ ले पराजित भएको थियो ।

घरेलु मैदानमा रुवेन नेभसले पेनाल्टीमा गोल गर्दै चौथो मिनेटमै अग्रता दिलाएका थिए । एरिकले १२औं मिनेटमा बराबरी गोल गरे । ५१औं मिनेटमा अल दाव्सरीले गोल गरेपनि बाँकी समय गोल भएन र अल हिलाल बाहिरिएको हो ।

अब, उपाधिका लागि अल ऐनले जापानको योकोहमा मारिनोस र दक्षिण कोरियाको उल्सान हुन्डाईको विजेतासँग खेल्नेछ । पहिलो लेगमा उल्सान १–० ले अगाडि छ । फाइनल ११ मेमा हुनेछ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।