चैत्र १८, २०८२ बुधबार | ११:०७:३३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

युभेन्ट्स कोपा इटालियाको फाइनलमा

काठमाडौं । लाजियोविरुद्ध समग्रमा ३–२ ले विजयी हुँदै युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति दोस्रो लेगमा २–१ ले पराजित भएको युभेन्ट्स समग्रमा भने विजयी रह्यो । पहिलो लेगमा युभेन्ट्स २–० ले विजयी भएको थियो ।

दोस्रो लेगमा भाग्यमानी युभेन्ट्सको लागि पोल्यान्डमा अन्तर्राष्ट्रिय खेलाडी अर्काडिउज मिलिकले निर्णायक गोल गरेका हुन् । युभेन्ट्स २–० ले पछि परेको स्थितिमा खेल बराबरतर्फ अगाडि बढेको थियो । मिलिकले खेल सकिन सात मिनेट बाँकी रहँदा गोल गरेपनि युभेन्ट्सले अग्रता लिएको हो ।

यसअघि खेलको १२ र ४८औं भ्यालेन्टिन कास्टेलानोसले दुई गोल गर्दै लाजियोलाई २–० ले बढाएका थिए । तर, मिलिकको गोलसँगै पाँच वर्षपछि फाइनलमा स्थान बनाउने लाजियोको योजना असफल भएको थियो । लाजियोले सन् २०१९ मा कोपा इटालियाको उपाधि जितेको थियो ।

युभेन्ट्सले उपाधिका लागि एट्लान्टा र फिओरेन्टिनासँगको विजेतासँग खेल्नेछ । पहिलो लेगमा एट्लान्टा १–० ले पछि परेको छ । दोस्रो लेग आज (बुधबार) राति हुनेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो