चैत्र १४, २०८२ शनिबार | ०२:२०:२३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

लिगका लागि कतार एयरवेजसँग सम्झौता नवीकरण

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ ।

बुधबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद एल इमामले एक वर्षका लागि नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरे ।

लिग शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

२०७६ सालमा भएको लिगको पछिल्लो संस्करणको समेत प्रायोजन गरेको कतार एयरवेजले आगामी सिजनमा पनि यसलाई निरन्तरता दिने एयरवेजका कन्ट्री म्यानेजर मोहमद एल इमामले बताए ।

यस्तै एन्फा अध्यक्ष शेर्पाले सबै स्तरका लिगलाई अझै बलियो बनाउन एयरवेजको प्रायोजनका लागि आफूले कतार फुटबल संघसमक्ष प्रस्ताब राखेको बताए ।

‘यो सम्झौता नवीकरणसँगै आगामी समयमा रकम वृद्धि गर्ने आश्वासन पनि हामीलाई दिनु भएको छ,’ शेर्पाले भने, ‘गर्त वर्ष पनि लिग आयोजना भएको भए यसपाली प्रायोजन रकम बढ्थ्यो । तर, कोभिड १९ महामारीका कारण गत वर्ष लिग गर्न सकिएन । अर्को वर्ष बढ्नेमा आशावादी छौं ।’

एयरवेजका कन्ट्री म्यानेजर एल इमामले एन्फासँगको सम्झौता पेरिस सेन्ट जर्मन (पिएसजी) र बायर्न म्युनिखसँगको जस्तै सम्झौता भएको बताए । उनले फुटबलको विकास एयरवेजको प्रमूख लक्ष्य रहेको बताउँदै सम्झौता गर्न पाउँदा खुशी लागेको बताए ।

कतार एयरवेजले लिगको प्रायोजन स्वरुप एन्फालाई १ करोढ ५० लाखभन्दा बढी रकम दिने बताइएको छ । तर यकिन रकम भने खुलाइएको छैन ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो