सहिद स्मारक ‘सी’ डिभिजन लिग

साँगाको विजयी सुरुआत

काठमाडौं । स्पोर्टस एकेडेमी साँगाले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार सम्पन्न खेलमान साँगाले झम्सिखेल युथ क्लबमाथि १-० को कठिन जित निकाल्यो । खेलको ८३औं मिनेटमा साजनराज गौतमले गरेको एक मात्र गोल साँगालाई जित दिलाउन पर्याप्त बन्यो ।

सामेबार नै सम्पन्न पहिलो खेलमा स्वयम्भु क्लब र गोलबजार स्पोर्टस क्लब २-२ को बराबरीमा रोकिए ।