माघ १७, २०८२ शनिबार | १०:२६:१५
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

हालान्डको आलोचना हुँदा आश्चर्य लाग्योः ग्वार्डिओला

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना खेलाडी एर्लिङ हालान्डको आलोचना हुँदा आश्चर्य लागेको प्रतिक्रिया दिएका छन् ।

बुधबार प्रिमियर लिगका पूर्व खेलाडी रोय कीनको आलोचनाविरुद्ध बोलेका ग्वार्डिओलाले हालान्डको बचाउ गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

छिमेकी क्लब म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान रोय कीनले आइतबार आर्सनल र सिटीबीचको खेलमा सुस्त देखिएका स्ट्राइकर हालान्डलाई दोस्रो डिभिजनका खेलाडी भनेर सम्बोधन गरेका थिए । आइतबार सिटीले घरेलु मैदानमा आर्सनलसँग गोल रहित बराबरी खेलेको थियो । दुई उपाधि दावेदार टोलीबीचको भिडन्तमा सिटीको आक्रमण निरीह देखिएको थियो ।

खेलपछि कीनले हालान्डको ‘साधारण खेलशैली’ एकदमै कमजोर रहेको र खेल कौशलताका हिसाबले उनको स्तर दोस्रो डिभिजनका खेलाडी सरह रहेको बताएका थिए ।

कीनको प्रतिक्रियाविरुद्ध बोल्दै ग्वार्डिओलाले भने, ‘म कीनको यो कुरामा सहमत हुन सक्दिन । मलाई त आश्चर्य लागेको छ, कसरी एउटा पूर्व खेलाडीले यस्तो प्रतिक्रिया दिन सक्छ ? पत्रकारले यस्तो भन्नु र पूर्व खेलाडीले यस्तो भन्नुमा धेरै फरक छ । यो त त्यस्तै भयो, पूर्व रेफ्रीले वर्तमान रेफ्रीलाई आलोचना गरे जस्तै, ’ ग्वार्डिओलाले भने, ‘ हालान्ड एक असाधारण स्ट्राइकर हुन् । उनकै कारण हामीले गत सिजन तीन ठूला उपाधि जितेका थियौं । यसपाली हामी फाइनल थर्डमा चुकिरहेका छौं । यसमा हालान्डलाई यसरी दोष लगाउन मिल्दैन ।’

हालान्डले आफ्नो डेब्यु सिजनमै कुल ५२ गोल गरेका थिए । यसपाली पनि उनले २९ गोल गरिसकेका छन् । प्रिमियर लिगमा मात्र उनको गोल संख्या १८ छ ।

आइतबारको बराबरीले सिटी अहिले शीर्ष स्थानको लिभरपुलभन्दा तीन अंकले पछाडि परेको छ । अक्टोबर २०२१ यता सिटीले इतिहाद रंगशालामा गोल गर्न नसकेको यो नै पहिलो पटक हो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।