चैत्र ८, २०८२ आइतबार | ०३:५०:१५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

हालान्डको आलोचना हुँदा आश्चर्य लाग्योः ग्वार्डिओला

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना खेलाडी एर्लिङ हालान्डको आलोचना हुँदा आश्चर्य लागेको प्रतिक्रिया दिएका छन् ।

बुधबार प्रिमियर लिगका पूर्व खेलाडी रोय कीनको आलोचनाविरुद्ध बोलेका ग्वार्डिओलाले हालान्डको बचाउ गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

छिमेकी क्लब म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान रोय कीनले आइतबार आर्सनल र सिटीबीचको खेलमा सुस्त देखिएका स्ट्राइकर हालान्डलाई दोस्रो डिभिजनका खेलाडी भनेर सम्बोधन गरेका थिए । आइतबार सिटीले घरेलु मैदानमा आर्सनलसँग गोल रहित बराबरी खेलेको थियो । दुई उपाधि दावेदार टोलीबीचको भिडन्तमा सिटीको आक्रमण निरीह देखिएको थियो ।

खेलपछि कीनले हालान्डको ‘साधारण खेलशैली’ एकदमै कमजोर रहेको र खेल कौशलताका हिसाबले उनको स्तर दोस्रो डिभिजनका खेलाडी सरह रहेको बताएका थिए ।

कीनको प्रतिक्रियाविरुद्ध बोल्दै ग्वार्डिओलाले भने, ‘म कीनको यो कुरामा सहमत हुन सक्दिन । मलाई त आश्चर्य लागेको छ, कसरी एउटा पूर्व खेलाडीले यस्तो प्रतिक्रिया दिन सक्छ ? पत्रकारले यस्तो भन्नु र पूर्व खेलाडीले यस्तो भन्नुमा धेरै फरक छ । यो त त्यस्तै भयो, पूर्व रेफ्रीले वर्तमान रेफ्रीलाई आलोचना गरे जस्तै, ’ ग्वार्डिओलाले भने, ‘ हालान्ड एक असाधारण स्ट्राइकर हुन् । उनकै कारण हामीले गत सिजन तीन ठूला उपाधि जितेका थियौं । यसपाली हामी फाइनल थर्डमा चुकिरहेका छौं । यसमा हालान्डलाई यसरी दोष लगाउन मिल्दैन ।’

हालान्डले आफ्नो डेब्यु सिजनमै कुल ५२ गोल गरेका थिए । यसपाली पनि उनले २९ गोल गरिसकेका छन् । प्रिमियर लिगमा मात्र उनको गोल संख्या १८ छ ।

आइतबारको बराबरीले सिटी अहिले शीर्ष स्थानको लिभरपुलभन्दा तीन अंकले पछाडि परेको छ । अक्टोबर २०२१ यता सिटीले इतिहाद रंगशालामा गोल गर्न नसकेको यो नै पहिलो पटक हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो