चैत्र ६, २०८२ शुक्रबार | १७:१२:३०
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

संकटालाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा

झापा । संकटा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले  हराउँदै विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब झापा गोल्डकपको छैटौँ संस्करणमा क्वार्टरफाइनल प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रंगशालामा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो ।

पेनाल्टी सुटआउटमा एपिएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो ।

संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो ।  

खेलको चौथो मिनेटमै एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो ।

१३औँ मिनेटमा १८ यार्डबाा संकटाका अनिस महर्जनले गरेको प्रहार आकासियो । २०औं मिनेटमा अनिसकै प्रहार एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले विफल बनाए ।

३४औँ मिनेटमा संकटाका चन्दन दासलको शक्तिशाली प्रहार एञ्जलदे पञ्च गरेर बचाए । ६० औँ मिनेटमा संकटाका कप्तान गणेश हमालको हेडरमा पनि एञ्जल बाधक बने । एपिएफका गोलरक्षकले बचाए ।

५५औँ मिनेटमा एपिएफका अनिस रानाले पेनाल्टी बक्सबाट गरेको कडा प्रहार संकटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए । ७६औँ मिनेटमा एपिएफका प्रदिप लामाको प्रहार बारको केही नजिकबाट बाहिरियो ।

अतिरिक्त समयमा दिपेश धिमालले मैदानको मध्यभागबाट गरेको कडा प्रहार संकटाका गोलरक्षकले मुस्किलले पञ्च गरेर बताए ।

प्रतियोगिताको विजेताले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । आइतबार विभागीय टोली नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबबीच खेल हुनेछ ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल फागुन २८ गते हुनेछ । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनसहित १० टोलीको सहभागिता छ ।
सभामुख घिमिरेले गरे उद्घाटन

प्रतियोगिताको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरे ।

प्रतियोगिता सुरु हुनुअघि विविध सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो । चर्चित गायक महेश काफ्ले र अस्मिता अधिकारीले उपस्थित हजारौँ दर्शकले भरिभराउ भएको रंगशाला तताएका थिए । कार्यक्रममा लिम्बु जातिको च्याब्रुङ नाच, राई जातिको साकेला नाच, सन्थाल नाच र नेवारी समुदायको लाखे नाच प्रस्तुत भएको थियो । 
कार्यक्रममा जग्गादाता डोमालाल राजवंशीका नाति भीम राजवंशीलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा गोल्डकप आयोजक समितिले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख ११ हजार रुपैयाँ प्रदान गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो