काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले साउदी अरेबियामा जारी वेस्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनल गुमाउने भएकी छन् ।
नेपालले बिहीबार हुने फाइनलमा जोर्डनको सामना गर्दैछ । अखिल नेपाल फुटबल संघ ( एन्फा) ले सावित्राले फाइनल गुमाउने पुष्टि गरेको छ ।
प्रतियोगिताको समूह चरण र सेमिफाइनलका खेलहरु फिफा विन्डो भित्र परे पनि फाइनल भने पर्दैछ । त्यसैले सम्झौता अनुसार क्लब फुटबलका लागि सावित्रा फाइनल नखेलेर फ्रान्स फर्किन लागेकी हुन् ।
नेपालले सेमिफाइनलमा लेवनानलाई २-१ ले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको थियो । सावित्रा प्रतियोगिताको सर्वाधिक गोल कर्ता हुन् । उनले नौ गोल गरेकी छन् ।
सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गेङगाङ्पमा अनुबन्ध छिन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
