माघ १८, २०८२ आइतबार | १२:५९:२७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

लेवनानसँगको सेमिफाइनल महत्वपूर्ण छः सावित्रा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले वेष्ट एसियन च्याम्पियनसिप २०२४ मा प्रदर्शन राम्रो भइरहेको र सेमिफाइनलमा लेवनानविरुद्ध खेल्न केन्द्रित हुने बताएकी छिन् । उनले लेवनानसँगको सेमिफाइनल महत्वपूर्ण रहेको बताएकी छिन् । 

शनिबार राति प्यालेस्टाइनलाई हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेको थियो । अब, नेपालले समूह ‘ए’ को उपविजेता लेवनानसँग मंगलबार राति खेल्नेछ । अर्काे सेमिफाइनलमा पाँच पटकको च्याम्पियन जोर्डन र प्यालेस्टाइन प्रतिस्पर्धा गर्नेछन् ।

‘हामीले राम्रो खेल खेलिरहेका छौं । हरेक खेल उस्तै भएका छन् । लेवनानसँगको सेमिफाइनल महत्वपूर्ण छ,’ सावित्राले भनिन्, ‘यो खेल निकै प्रतिस्पर्धात्मक हुन्छ । हामी सेमिफाइलनमा ध्यान केन्द्रित गर्न चाहन्छौं ।’

साउदी अरेबियाको जेदाहमा प्यालेस्टाइनलाई हराउँदा स्ट्राइकर सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र रक्षक गीता रानाले समान एक गोल गरेका थिए ।

समूह बी नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० ले हराएको थियो । प्रतियोगितामा सावित्राले आठ गोल गर्दै उच्च गोलकर्ताको शीर्ष स्थानमा छिन् ।

महिला फुटबलको ३८ वर्षे यात्रामा नेपाल पहिलो पटक उपाधि जित्ने योजनामा छ । एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपाल ऐतिहासिक उपाधि जित्ने लक्ष्यसहित साउदी पुगेको हो । यसअघि नेपालले दश फाइनल खेल्दा पनि उपाधि विहिन बन्दै आएको थियो । 


 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।