चैत्र ७, २०८२ शनिबार | २२:०२:४०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

लेवनानसँगको सेमिफाइनल महत्वपूर्ण छः सावित्रा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले वेष्ट एसियन च्याम्पियनसिप २०२४ मा प्रदर्शन राम्रो भइरहेको र सेमिफाइनलमा लेवनानविरुद्ध खेल्न केन्द्रित हुने बताएकी छिन् । उनले लेवनानसँगको सेमिफाइनल महत्वपूर्ण रहेको बताएकी छिन् । 

शनिबार राति प्यालेस्टाइनलाई हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेको थियो । अब, नेपालले समूह ‘ए’ को उपविजेता लेवनानसँग मंगलबार राति खेल्नेछ । अर्काे सेमिफाइनलमा पाँच पटकको च्याम्पियन जोर्डन र प्यालेस्टाइन प्रतिस्पर्धा गर्नेछन् ।

‘हामीले राम्रो खेल खेलिरहेका छौं । हरेक खेल उस्तै भएका छन् । लेवनानसँगको सेमिफाइनल महत्वपूर्ण छ,’ सावित्राले भनिन्, ‘यो खेल निकै प्रतिस्पर्धात्मक हुन्छ । हामी सेमिफाइलनमा ध्यान केन्द्रित गर्न चाहन्छौं ।’

साउदी अरेबियाको जेदाहमा प्यालेस्टाइनलाई हराउँदा स्ट्राइकर सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र रक्षक गीता रानाले समान एक गोल गरेका थिए ।

समूह बी नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० ले हराएको थियो । प्रतियोगितामा सावित्राले आठ गोल गर्दै उच्च गोलकर्ताको शीर्ष स्थानमा छिन् ।

महिला फुटबलको ३८ वर्षे यात्रामा नेपाल पहिलो पटक उपाधि जित्ने योजनामा छ । एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपाल ऐतिहासिक उपाधि जित्ने लक्ष्यसहित साउदी पुगेको हो । यसअघि नेपालले दश फाइनल खेल्दा पनि उपाधि विहिन बन्दै आएको थियो । 


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो