काठमाडौं । मिलन धर्मस्थली आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मिलन धर्मस्थलीले आयोजक अर्किड ‘बी’ लाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो । निर्धारित समयको खेल ३-३को बराबरीमा सकिएको थियो ।
कौटिल्य पनि निर्मल ज्योतिलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउदै क्वार्टरफाइनलमा पुग्न सफल भयो । निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएको थियो ।
अन्य प्रतिस्पर्धामा गेटवे एकेडेमीले अर्किड ‘ए’ लाई ३-० ले हरायो । गेटवेका कृजल श्रेष्ठले दुई तथा रोशन मगरले एक गोल गरे । एपेक्स लाइफले एम्सलाई २-१ ले निरास बनायो । एपेक्सका गुगल बसौला र सुहम कार्कीले समान एक गोल गरे । एम्सका विराट भण्डारीले एक गोल फर्काए ।
अक्षरिकाले बाल वाटिकालाई ४-० ले निरास बनायो । अक्षरिकाका निसम थापाले दुई तथा सुनिल कार्की र सक्षम गौतमले समान एक गोल गरे । श्रमशील विद्या पीठले ग्रामरमाथि १-० को कठिन जित निकाल्यो । एलिश मगरले निर्णायक गोल गरे ।
वेस्ट ग्रुप भिजनविरुद्धको खेलमा त्रिज्योति ३-०ले विजयी भयो । त्रिज्योतिका रुमित तामाङ, पदमबहादुर मगर र गौरव तामाङले समान एक गोल गरे ।