माघ १४, २०८२ बुधबार | १७:४९:२२
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

एन्फा महासचिवविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेको छ ।

आफूलाई फुटबल समर्थक बताउने सरिता परियारले अख्तियारमा एन्फा महासचिव राईले खेल पोशाक उत्पादन कम्पनी केटिएम सिटीसँग २५ लाख रुपैयाँ घुस लिएको दावीका साथ उजुरी गरेकी छन् ।

केटिएम सिटीका सिइओ निमा शेर्पा र अर्का कर्मचारी राजु सिंहबीच काठमाडौंका विभिन्न स्थानमा तीन पटक गरी २५ लाख रुपैयाँ राईलाई दिएको विषयमा च्याटमा गरेको कुराकानीको रेकर्डसहित परियारले अख्तियारका साथै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)मा पनि उजुरी गरेको जनाएकी छन् ।

केटिएम सिटीलाई एन्फाले तिर्नुपर्ने पुरानो १ करोड ७५ लाख ९० हजार रूपैयाँ तिर्नका लागि राईले अध्यक्षलाई समेत दिनुपर्ने भन्दै घुस मागेको र त्यहीअनुसार २५ लाख रुपैयाँ दर्वारमार्गको ओल्ड हाउस, बानेश्वरको बेकरी क्याफे र बबरमहलको रातो भाले रेस्टुरेन्टमा लिएको परियारले उजुरीमा उल्लेख गरेकी छन् ।

केटिएम सिटीसँग लिएको पैसाको प्रमाण मेट्न राईले प्रयोग गर्दै आएको ह्वाटसएप नम्बर परिवर्तन गरेको र त्यसको जानकारी एसियाली फुटबल महासंघ (एएफसी) लाई पनि गराएको विवरण उजुरीमा छ ।

परियार तिनै व्यक्ती हुन्, जसले अघिल्लो महिना एन्फाका उपाध्यक्ष दावा लामा लागु ओषध कारोबारमा अदालतबाट दोषी ठहर भएको १० वर्ष पुरानो निर्णय सार्वजनिक गरेकी थिइन् । त्यसपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङका खास विश्वासपात्र लामा सम्पर्कविहिन छन् । नेपालको कानुनअनुसार नैतिक पतन हुने फौजदारी मुद्दामा दोषी ठहर भएको व्यक्ति आजीवन कुनै पनि सार्वजनिक संघ संस्थामा बस्न पाउँदैन ।

विगतमा जस्तै यसपाली पनि परियार आफै भौतिकरुपमा भने सार्वजनिक भएकी छैनन् । उनले एन्फाका पदाधिकारी तथा सदस्यहरुलाई सम्बोधन गर्दै शुक्रबार एउटा इमेल पठाएकी छन् । जसमा एन्फा सदस्यहरुलाई पनि महासचिव राईमाथि छानविन गर्न निश्पक्ष समिति बनाउन अनुरोध गरेकी छन् ।

यही फागुन १४ गतेको साधारणसभाको तयारीका लागि बोलाइएको एन्फा कार्यसमिति बैठक बिहीबार आन्तरिक विवादका कारण कोरम नपुगेर स्थगित भएको थियो । स्थगित बैठक आज बस्ने कार्यक्रम छ । आजको बैठकमा उपाध्यक्ष लामाको फौजदारी विषय र राईमाथिको यो विषय पनि उठने अपेक्षा छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।