चैत्र १४, २०८२ शनिबार | ०५:०६:०५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एन्फा महासचिवविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेको छ ।

आफूलाई फुटबल समर्थक बताउने सरिता परियारले अख्तियारमा एन्फा महासचिव राईले खेल पोशाक उत्पादन कम्पनी केटिएम सिटीसँग २५ लाख रुपैयाँ घुस लिएको दावीका साथ उजुरी गरेकी छन् ।

केटिएम सिटीका सिइओ निमा शेर्पा र अर्का कर्मचारी राजु सिंहबीच काठमाडौंका विभिन्न स्थानमा तीन पटक गरी २५ लाख रुपैयाँ राईलाई दिएको विषयमा च्याटमा गरेको कुराकानीको रेकर्डसहित परियारले अख्तियारका साथै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)मा पनि उजुरी गरेको जनाएकी छन् ।

केटिएम सिटीलाई एन्फाले तिर्नुपर्ने पुरानो १ करोड ७५ लाख ९० हजार रूपैयाँ तिर्नका लागि राईले अध्यक्षलाई समेत दिनुपर्ने भन्दै घुस मागेको र त्यहीअनुसार २५ लाख रुपैयाँ दर्वारमार्गको ओल्ड हाउस, बानेश्वरको बेकरी क्याफे र बबरमहलको रातो भाले रेस्टुरेन्टमा लिएको परियारले उजुरीमा उल्लेख गरेकी छन् ।

केटिएम सिटीसँग लिएको पैसाको प्रमाण मेट्न राईले प्रयोग गर्दै आएको ह्वाटसएप नम्बर परिवर्तन गरेको र त्यसको जानकारी एसियाली फुटबल महासंघ (एएफसी) लाई पनि गराएको विवरण उजुरीमा छ ।

परियार तिनै व्यक्ती हुन्, जसले अघिल्लो महिना एन्फाका उपाध्यक्ष दावा लामा लागु ओषध कारोबारमा अदालतबाट दोषी ठहर भएको १० वर्ष पुरानो निर्णय सार्वजनिक गरेकी थिइन् । त्यसपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङका खास विश्वासपात्र लामा सम्पर्कविहिन छन् । नेपालको कानुनअनुसार नैतिक पतन हुने फौजदारी मुद्दामा दोषी ठहर भएको व्यक्ति आजीवन कुनै पनि सार्वजनिक संघ संस्थामा बस्न पाउँदैन ।

विगतमा जस्तै यसपाली पनि परियार आफै भौतिकरुपमा भने सार्वजनिक भएकी छैनन् । उनले एन्फाका पदाधिकारी तथा सदस्यहरुलाई सम्बोधन गर्दै शुक्रबार एउटा इमेल पठाएकी छन् । जसमा एन्फा सदस्यहरुलाई पनि महासचिव राईमाथि छानविन गर्न निश्पक्ष समिति बनाउन अनुरोध गरेकी छन् ।

यही फागुन १४ गतेको साधारणसभाको तयारीका लागि बोलाइएको एन्फा कार्यसमिति बैठक बिहीबार आन्तरिक विवादका कारण कोरम नपुगेर स्थगित भएको थियो । स्थगित बैठक आज बस्ने कार्यक्रम छ । आजको बैठकमा उपाध्यक्ष लामाको फौजदारी विषय र राईमाथिको यो विषय पनि उठने अपेक्षा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो