चैत्र १६, २०८२ सोमबार | ०८:००:४३
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

वेलिंघम चम्किदा रियाललाई पाँच अंकको अग्रता

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले जिरोनालाई ४–० ले हराउँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ । शनिबार राति घरेलु मैदानमा जुड वेलिंघमले सानदार प्रदर्शन गरे । उनी भर्खरै निको भएर मैदान फर्किएका थिए ।

रियालको जितमा वेलिंघमले दुई गोल गर्दा भिनिसियस जुनियर र रोड्रिगोले समान एक गोल गरेका छन् । यससँगै उपाधि जित्न होडमा रहेको जिरोना पाँच अंकले पछि परेको छ । रियाल भने अब होडमा एक्लै छ ।

रियालको २४ खेलबाट ६१ अंक छ । उनले १९ खेल जित्दा चार बराबरी र एक हार बेहोरेको छ । जिरोना समान खेलबाट ५६ अंकसहित दोस्रो स्थानमा रह्यो । एक खेल कम खेलेको बार्सिलोना ५० अंकसहित तेस्रो स्थानमा छ ।

सान्तियागो बर्नाबेउमा जुनियरले छैटौं मिनेटमै रियाललाई अग्रता दिलाएका हुन् । ३५औं मिनेटमा इङ्ल्यान्ड मिडफिल्डरले रियाललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ५४औं मिनेटमा वेलिंघमले ब्यक्तिगत दोस्रो गोल गरेका हुन् । अर्का ब्राजेलियन स्टार रोड्रिगोले रियाललाई ६१औं मिनेटमा ४–० को अग्रता दिलाएका हुन् ।

बाँकी समय दुबै टोलीबाट गोल हुन सकेन र रियाल सहज जितसहित उपाधि दौडमा एक्लै रहेको हो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो