चैत्र ५, २०८२ बिहीबार | ११:४०:३९
मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै

मनिष चिनियाँ टोलीविरुद्ध खेल्ने टोलीको कप्तान

फाइल तस्वीर

काठमाडौं । चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोलीविरुद्ध नेपाली टोलीको कप्तानी मनिष डाँगीले गर्ने भएका छन् ।

शुक्रबार खेलको अघिल्लो दिन मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले स्टार खेलाडी मनिषलाई कप्तानको जिम्मेवारी दिएको हो ।

सिनियर टोलीको पनि मुख्य प्रशिक्षक रहेका एनेसले शुक्रबार नै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् । एनेसले मनिषसँगै सिनियर टोलीटोलीबाट खेलिसकेका आयुष घलान, उत्सव राई र लाकेन लिम्बुलाई समेट्दै अन्तिम टोली घोषणा गरेका हुन् ।

टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे र गोलकिपर प्रशिक्षकमा मनिष तिम्सिना रहेका छन् ।

मैत्रीपूर्ण खेलमा लागि चिनियाँ टोली बुधबार नै काठमाडौं आइपुगिसकेको छ । खेल दशरथ रंगशालामा शनिबार दिउँसो ३ बजे सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट दर साधारणतर्फ ३०० र भिआइपीतर्फ ५०० रुपैयाँ  निर्धारण गरिएको छ । त्यस्तै एन्फाले टिकट खरिद गर्ने दुई जना भाग्यशाली दर्शकका लागि काठमाडौँ.ल्हसा काठमाडौँको हवाई टिकट समेत प्रदान गरिने जानकारी दिएको छ ।

नेपालस्थित चीनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो ।मैत्रीपूर्ण खेल चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको बताइएको छ । प्रतियोगिताको सह आयोजकमा एन्फा र नेपाल ओभरसीज चीनियाँ संघ रहेका छन् ।

खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । यस्तै पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ ।

नेपाली युवा टोलीः

गोलकिपरः पुजन होना, विशाल सुनार, सन्तोष महत

रक्षकः पदम भट्टराई, अजय चौधरी, एन्जल महर्जन, छिरिङ लामा, योगेश गुरुङ, सुमित श्रेष्ठ, विशाल बस्नेत

मिडफिल्डरः आयुष घलान, प्रशान्त लक्सम, उत्सव राई, लाकेन लिम्बु, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, कुशल देउवा

फरवार्डः समिर तामाङ, सन्जीव विष्ट, निराजन धामी, मनिष डाँगी(कप्तान), आशिक बावु चौधरी
 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं