माघ ९, २०८२ शुक्रबार | ०५:१७:४०
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

मनिष चिनियाँ टोलीविरुद्ध खेल्ने टोलीको कप्तान

फाइल तस्वीर

काठमाडौं । चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोलीविरुद्ध नेपाली टोलीको कप्तानी मनिष डाँगीले गर्ने भएका छन् ।

शुक्रबार खेलको अघिल्लो दिन मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले स्टार खेलाडी मनिषलाई कप्तानको जिम्मेवारी दिएको हो ।

सिनियर टोलीको पनि मुख्य प्रशिक्षक रहेका एनेसले शुक्रबार नै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् । एनेसले मनिषसँगै सिनियर टोलीटोलीबाट खेलिसकेका आयुष घलान, उत्सव राई र लाकेन लिम्बुलाई समेट्दै अन्तिम टोली घोषणा गरेका हुन् ।

टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे र गोलकिपर प्रशिक्षकमा मनिष तिम्सिना रहेका छन् ।

मैत्रीपूर्ण खेलमा लागि चिनियाँ टोली बुधबार नै काठमाडौं आइपुगिसकेको छ । खेल दशरथ रंगशालामा शनिबार दिउँसो ३ बजे सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट दर साधारणतर्फ ३०० र भिआइपीतर्फ ५०० रुपैयाँ  निर्धारण गरिएको छ । त्यस्तै एन्फाले टिकट खरिद गर्ने दुई जना भाग्यशाली दर्शकका लागि काठमाडौँ.ल्हसा काठमाडौँको हवाई टिकट समेत प्रदान गरिने जानकारी दिएको छ ।

नेपालस्थित चीनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो ।मैत्रीपूर्ण खेल चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको बताइएको छ । प्रतियोगिताको सह आयोजकमा एन्फा र नेपाल ओभरसीज चीनियाँ संघ रहेका छन् ।

खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । यस्तै पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ ।

नेपाली युवा टोलीः

गोलकिपरः पुजन होना, विशाल सुनार, सन्तोष महत

रक्षकः पदम भट्टराई, अजय चौधरी, एन्जल महर्जन, छिरिङ लामा, योगेश गुरुङ, सुमित श्रेष्ठ, विशाल बस्नेत

मिडफिल्डरः आयुष घलान, प्रशान्त लक्सम, उत्सव राई, लाकेन लिम्बु, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, कुशल देउवा

फरवार्डः समिर तामाङ, सन्जीव विष्ट, निराजन धामी, मनिष डाँगी(कप्तान), आशिक बावु चौधरी
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate