चैत्र १३, २०८२ शुक्रबार | ०१:११:२८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

साबित्राको छलाङ, फ्रान्सको शीर्ष डिभिजन खेल्ने

काठमाडौं । नेपाली महिला फुटबलकी गोल मेसीन साबित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन लिग डी वान आर्केमा खेल्ने भएकी छन् । फ्रान्सेली क्लब एना भान गेङगाङ्पले साम्बालाई सिजनको बाँकी खेलका लागि क्लबमा भित्र्याउन लागेको हो । 

साबित्रा क्लबसँग सम्झौता भएसँगै फ्रान्स प्रस्थान गरिरहेकी छिन् । स्रोतका अनुसार साबित्राले फ्रान्स पुगेपछि मेडिकल परिक्षण गर्नेछिन् । स्वास्थ्य परिक्षणमा पास भएपछि उनलाई आधिकारिक रुपमा सार्वजनिक गरिनेछ ।

यसै वर्ष मात्र युरोपको शीर्ष डिभिजन खेल्ने पहिलो नेपाली खेलाडी बनेकी साबित्राले एक वर्षको अन्तरालमा दोस्रो ठूलो सफलता हासिल गरेकी हुन् । साबित्राले यसै सिजन मात्र इजरायली क्लब हापोयल रानानाबाट घरेलु लिग खेलेकी थिइन् । 

तर, पछि प्यालेस्टाइन र इजरायलबीचको द्धन्द्धका कारण लिग रोकिँदा साबित्रा नेपाल फर्केकी थिइन् । करिब चार महिनाको अन्तरालमा साबित्राले अर्को छलाङ मारेकी हुन् ।

इजरायली क्लब हापोयल रानानाको प्रतिनिधित्व गर्दै साबित्रा भण्डारी

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ४३ गोल गरिसकेकी साम्बा घरेलु फुटबलमा विभागीय टोली एपिएफबाट खेल्छिन् । कर्माकाण्डी घरेलु लिगको अनिश्चितताले महिला खेलाडीलाई असर परिरहेको अवस्थामा साबित्राले भने एकपछि अर्को सफलता हासिल गर्दै आएकी छिन् । 

घरेलु फुटबलमा एकछत्र प्रभुत्व जमाउँदै आएकी साबित्राले भारतीय लिगमा पनि आफ्नो छाप छोडिसकेकी छन् । साबित्रा सन् २०१८-१९ सिजनमा भारतीय आइ लिग क्लब सेथु एफसीमा अनुबन्ध भएकी थिइन् । लिगका सात खेलमा १५ गोल गरेपछि साबित्राकाे चर्चा एकाएक चुलिएको थियो । 

डेब्यु सिजनमै साम्बाले सेथुलाई च्याम्पियन बनाउन प्रमुख भूमिका खेलिन् । त्यसको अर्को सिजन २०१९-२० साम्बा गोकुलम केरलामा अनुबन्ध भइन् । यसपाली सात खेलमा १६ गोल गरेकी साबित्राले गोकुलमलाई पनि च्याम्पियन बनाइन् ।

२०२२/ २३ मा गोकुलमकै प्रतिनिधित्व गरेकी साबित्राले १० खेलमा कीर्तिमानी २९ गोल गरिन् र उनको टोली पुनः च्याम्पियन बन्यो । यसबीच एक वर्ष साबित्रा घुँडाका चोटका कारण मैदान बाहिर बस्न बाध्य भएकी थिइन् ।

भारतमा गरेको प्रदर्शनले नै साबित्रा युरोपियन क्लबको नजरमा पर्न सफल भएकी हुन् । साबित्रा जोडिन लागेको क्लब एना भान गेङगाङ्प १२ खेलमा ८ अंक जोड्दै हाल तालिकाको १०औं स्थानमा छ । १२ टोली सहभागिता रहेको लिगमा पुछारको दुई टोली रेलिगेसनमा पर्ने प्रावधान रहेको छ । लिगमा अब एना भान गेङ्गाङ्पले १० खेल खेल्न बाँकी छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो