माघ १७, २०८२ शनिबार | ००:१४:३०
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

साबित्राको छलाङ, फ्रान्सको शीर्ष डिभिजन खेल्ने

काठमाडौं । नेपाली महिला फुटबलकी गोल मेसीन साबित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन लिग डी वान आर्केमा खेल्ने भएकी छन् । फ्रान्सेली क्लब एना भान गेङगाङ्पले साम्बालाई सिजनको बाँकी खेलका लागि क्लबमा भित्र्याउन लागेको हो । 

साबित्रा क्लबसँग सम्झौता भएसँगै फ्रान्स प्रस्थान गरिरहेकी छिन् । स्रोतका अनुसार साबित्राले फ्रान्स पुगेपछि मेडिकल परिक्षण गर्नेछिन् । स्वास्थ्य परिक्षणमा पास भएपछि उनलाई आधिकारिक रुपमा सार्वजनिक गरिनेछ ।

यसै वर्ष मात्र युरोपको शीर्ष डिभिजन खेल्ने पहिलो नेपाली खेलाडी बनेकी साबित्राले एक वर्षको अन्तरालमा दोस्रो ठूलो सफलता हासिल गरेकी हुन् । साबित्राले यसै सिजन मात्र इजरायली क्लब हापोयल रानानाबाट घरेलु लिग खेलेकी थिइन् । 

तर, पछि प्यालेस्टाइन र इजरायलबीचको द्धन्द्धका कारण लिग रोकिँदा साबित्रा नेपाल फर्केकी थिइन् । करिब चार महिनाको अन्तरालमा साबित्राले अर्को छलाङ मारेकी हुन् ।

इजरायली क्लब हापोयल रानानाको प्रतिनिधित्व गर्दै साबित्रा भण्डारी

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ४३ गोल गरिसकेकी साम्बा घरेलु फुटबलमा विभागीय टोली एपिएफबाट खेल्छिन् । कर्माकाण्डी घरेलु लिगको अनिश्चितताले महिला खेलाडीलाई असर परिरहेको अवस्थामा साबित्राले भने एकपछि अर्को सफलता हासिल गर्दै आएकी छिन् । 

घरेलु फुटबलमा एकछत्र प्रभुत्व जमाउँदै आएकी साबित्राले भारतीय लिगमा पनि आफ्नो छाप छोडिसकेकी छन् । साबित्रा सन् २०१८-१९ सिजनमा भारतीय आइ लिग क्लब सेथु एफसीमा अनुबन्ध भएकी थिइन् । लिगका सात खेलमा १५ गोल गरेपछि साबित्राकाे चर्चा एकाएक चुलिएको थियो । 

डेब्यु सिजनमै साम्बाले सेथुलाई च्याम्पियन बनाउन प्रमुख भूमिका खेलिन् । त्यसको अर्को सिजन २०१९-२० साम्बा गोकुलम केरलामा अनुबन्ध भइन् । यसपाली सात खेलमा १६ गोल गरेकी साबित्राले गोकुलमलाई पनि च्याम्पियन बनाइन् ।

२०२२/ २३ मा गोकुलमकै प्रतिनिधित्व गरेकी साबित्राले १० खेलमा कीर्तिमानी २९ गोल गरिन् र उनको टोली पुनः च्याम्पियन बन्यो । यसबीच एक वर्ष साबित्रा घुँडाका चोटका कारण मैदान बाहिर बस्न बाध्य भएकी थिइन् ।

भारतमा गरेको प्रदर्शनले नै साबित्रा युरोपियन क्लबको नजरमा पर्न सफल भएकी हुन् । साबित्रा जोडिन लागेको क्लब एना भान गेङगाङ्प १२ खेलमा ८ अंक जोड्दै हाल तालिकाको १०औं स्थानमा छ । १२ टोली सहभागिता रहेको लिगमा पुछारको दुई टोली रेलिगेसनमा पर्ने प्रावधान रहेको छ । लिगमा अब एना भान गेङ्गाङ्पले १० खेल खेल्न बाँकी छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।