काठमाडौं । आर्सनलले इङ्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसविरुद्ध शनिबार ५-० को फराकिलो जित निकालेको छ ।
घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनललाई जित दिलाउन गाब्रियल मार्टिनेलीले दुई तथा गाब्रियल मागाल्हेस र लिआन्ड्रो ट्रोसार्डले समान एक गोल गरे । एक गोल उपहार स्वरुप प्राप्त भयो ।
जितसँगै २१ खेलमा ४३ अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ । पराजय ब्यहोरेको क्रिस्टल समान खेलबाट २१ अंकका साथ १४ औं स्थानमा छ ।

खेलको ११ औं मिनेटमा मागाल्हेसको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ३७ औं मिनेटमा डिन हेन्डरसनबाट आत्मघाती गोल हुन पुग्दा अर्सनलले अग्रता दोब्बर बनायो ।
५९ औं मिनेटमा ट्रासार्डले टोलीका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा मार्टिनेलीले दुई गोल गरेपछि आर्सनल ५-० ले विजयी भयो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
