काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथको अध्यक्षमा महेन्द्र क्षेत्री दोस्रो कार्यकालको लागि सर्वसम्मत चुनिएका छन् ।
मंगलबार जावलाखेलका भएको साधारणसभा तथा कार्यकारी समितिको निर्वाचबाट अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय सदस्य समेत रहेका क्षेत्री सर्वसम्मत दोस्रो कार्यकालको लागि अध्यक्षमा चुनिएका हुन् ।

१४ सदस्यीय केन्द्रिय समितिको उपाध्यक्षमा राजु बोगटी, उज्वल कर्माचार्य र महेश चन्द्र महत छन् । महासचिवमा कविर बस्नेत, सचिवमा राज कुमार श्रेष्ठ तथा कोषाध्यक्षमा विष्णुराज खड्का सर्वसम्मत भए ।
यसैगरी सात सदस्यमा प्रदिप तण्डुकार, विकास कार्की, रवि खड्का, सानुभाई थापा क्षेत्री, निरज खड्का, दीपक थापा र सुनिल केसी रहेका छन् । अघिल्लो कार्यकालमा क्षेत्रीले ठूलोभाई केसीलाई पराजित गर्दै पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
