काठमाडौं । एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै नाइजेरियाले अफ्रिका कप अफ नेसन्समा आइतबार इक्वाटोरियल गिनियालाई १-१ को बराबरीमा रोकेको छ ।
इक्वाटोरियल गिनियाका लागि इभान साल्भाडोर र नाइजेरियाका लागि भिक्टोर ओसिमहेनले गोल गरे ।
आइभोरी कोस्टको ओलम्पिक रंगशालामा इक्वाटोरियल गिनियाले अग्रता जोगाउन नसकेन । खेलको ३६ औं मिनेटमा साल्भाडोरको गोलमार्फत इक्वाटोरियल गिनियाले अग्रता लिएको थियो ।

इक्वाटोरियल गिनियाको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । दुई मिनेटपछि नै भिक्टोर ओसिमहेमले नाइजेरियालाई बराबरीमा ल्याए । त्यसपछि थाप गोल गोल निस्कन नसक्दा दुवै टोली अंक बान्ड्न बाध्य बने ।
बराबरीसँगै समूह ‘ए’ का दुवै टोलीको समान एक अंक छ ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
