चैत्र ८, २०८२ आइतबार | ०९:०७:४२
पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई

सिल्भा फर्काउने प्रयासमा फ्लुमिनेन्स

काठमाडौं । ब्राजिलियन क्लब फ्लुमिनेन्सले रक्षक थियागो सिल्भालाई क्लब फर्काउने इच्छा देखाएको छ ।

फ्लुमिनेन्सले जनवरी ट्रान्सफर विन्डोमा ब्राजिलियन रक्षक सिल्भालाई इङ्लिस क्लब चेल्सीबाट भित्र्याउन चाहेको हो । विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार फ्लुमिनेन्सले यसका लागि प्रस्ताव पनि अगाडि बढाइसकेको छ ।

सिल्भा सन् १९९८ मा फ्लुमिनेन्सको युवा टोलीमा सामेल भएका थिए । त्यसपछि उनी सन् २००२ मा ब्राजिलकै बार्सिलोना आरजे क्लबको युवा टोलीमा अनुबन्ध भए ।  

सन् २००१ मा ब्राजिलकै आरएस फुटबल क्लबको युवा टोलीमा पुगेका सिल्भाले सन् २००२ मा सोही क्लबको सिनियर टोलीका लागि डेब्यू गरे । त्यसपपछि सिल्भा जुभेन्टुडे, पोर्चुगिज क्लब पोर्टो ‘बी’ र रसियन क्लब डाइनामो मस्को हुँदै सन् २००६ मा फ्लुमिनेन्स फर्किएका थिए ।

सन् २००९ सम्म फ्लुमिनेन्सको सिनियर टोलीमा बिताएका सिल्भाले १ सय ८ ब्राजिलियन सिरी ‘ए’ खेलमा नौ गोल गरे ।

सिल्भा सन् २००९ मा फ्लुमिनेन्स छाडेर इटालियन क्लब एसी मिलान पुगेका थिए । त्यसपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) हुँदै सिल्भा सन् २०२० मा चेल्सी भित्रिएका हुन् ।

चेल्सीका लागि १०१ प्रिमियर लिग खेल खेलेका सिल्भाले ६ गोल गरेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो