काठमाडौं । वेस्ट हम युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडमाथि २-० को सहज जित निकालेको छ ।
घरेलु मैदान लन्डन रंगशालामा वेस्ट हमलाई जित दिलाउन जारोड बोविन र मोहम्मद कुडुसले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो ।
जितसँगै वेस्ट हम १८ खेलमा ३० अंकका साथ सातौं स्थानमा छ । पराजय ब्यहोरेको युनाइटेड समान खेलबाट २८ अंकका साथ आठौं स्थानमा छ ।
खेलको ७२ औं मिनेटमा बोविनको गोलमार्फत वेस्ट हमले अग्रता लिएको थियो । ६ मिनेटपछि नै कुडुसले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
