चैत्र १७, २०८२ मंगलबार | २१:३५:५७
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

नेपाल सुपर लिगः काठमाडौंको पोस्टमा वीरगंजको चार गोल, प्लेअफ सम्भावना जिवितै

काठमाडौं । विलियम ओपेकु ऐसेडोको ह्याट्रिक प्रेरित वीरगंज युनाइटेडले नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनमा काठमाडौं रेजर्सविरुद्ध ४–१ को पुनरागमन जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीबार सम्पन्न खेलमा वीरगंजले जित्नै पर्ने दबावबीच काठमाडौंमाथि अप्रत्याशित जित हासिल गरेको हो । जितसँगै वीरगंजले प्लेअफको सम्भावनालाई जिवितै राखेको छ । आजको नतिजापछि वीरगंजले सात खेल खेल्दा आठ अंक जोडेको छ र उ अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

हारसँगै काठमाडौंले दोस्रो स्थानमा उक्लिने अवसर गुमायो । यस नतिजापछि काठमाडौंलाई अन्तिम खेलमा जित्नै पर्ने दबाव बढेको छ । सात खेलमा ९ अंक जोडेको काठमाडौं हाल पाँचौ स्थानमा छ । आफ्नो अन्तिम खेलमा काठमाडौंले शनिबार १० अंकसहित तेस्रो स्थानमा रहेको ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ । ललितपुरसँग हार अथवा बराबरीको नतिजा ल्याए एनएसएलको प्लेअफ समीकरणबाट काठमाडौं बाहिरिने सम्भावना बढेको छ ।

वीरगंजले अन्तिम खेलमा एफसी बुटवल लुम्बिनीसँग खेल्नेछ । त्यस्तै १० अंकका साथ चौंथो स्थानमा रहेको झापा एफसीले चितवन एफसीसँग प्रतिस्पर्धा गर्नेछ । झापालाई चितवनले हराए र आफूले बुटवललाई हराए, वीरगंज प्लेअफमा पुग्नेछ ।

बिहीबार वीरगंजका लागि अन्य गोल वैकल्पिक खेलाडी सुनिल खड्काले गरे । काठमाडौंका लागि एकमात्र गोल एनकेन्गुय जुनियरले गरे ।

खेलको २१औं मिनेटमा काठमाडौंले काउन्टर आक्रमणमा फाइदा उठाउँदै अग्रता लियो । तेज तामाङकोे कर्नरलाई सोझै बचाएका गोलकिपर अन्जल श्रेष्ठले काउन्टर अवसर सृजना गरेका थिए । अन्तमा जुनियरले कुल्दीप कार्कीको पासलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए । कुल्दीपले राइट साइडबाट दिएको क्रस तेजसँग डिफ्लेक्ट हुँदै जुनियरसम्म पुगेको थियो । अन्जलको बल एन्केनगुयसम्म पुग्नुअघि काठमाडौंले पाँच पास खेलेको थियो ।

निर्धारित पहिलो हाफ सकिन ६ मिनेट बाँकी छँदा काठमाडौंले अग्रता दोब्बर बनाउने सुनौलो मौका गुमायो । वीरगंजका दिपेन्क राज सिंहले मार्की खेलाडी हिसुब थपलियालाई बक्सभित्र फउल गरेपछि काठमाडौंले पेनाल्टी पाएको थियो । तर, प्राप्त पेनाल्टीमा शोखरुख एम चुक्न पुगे । शोखरुखले पहिलो बारमा गरेको प्रहार वीरगंजका गोलकिपर तथा कप्तान दीप कार्कीले बचाए ।

इन्जुरी समयमा विशोन गुरुङको लिफ्टेड थ्रु पासलाई विलियम ओपेकु ऐइसेडोले सदुपयोग गर्न सकेनन् । ओपेकुले प्रहार गर्न ढिला गर्दा काठमाडौंका आन्द्रेस नियाले उक्त बललाई क्लियर गरेका थिए । अन्तिम सेकेन्ड्समा वीरगंजले पेनाल्टी प्राप्त गर्यो । सुशील लामाले बक्सबाट गरेको प्रहार नियाको हातमा लाग्दै बाहिरिएपछि रेफ्री सुरोजीत दासले वीरगंजलाई पेनाल्टी प्रदान गरेको थियो । प्राप्त अवसरमा ओपेकुले कुनै गल्ती गरेनन् । गोलकिपर अन्जलले ठिक दिशामा डाइभ गरेपनि दोस्रो बारको शक्तिशाली प्रहार बचाउन सकेनन् ।

दोस्रो हाफको पहिलो मिनेटमै वीरगंजले दोस्रो गोल गर्यो । दोस्रो हाफमा मात्रै विशोनल गुरुङलाई प्रतिस्थापन गरेका सुनीलले मैदान प्रवेश गरेको केही सेकेन्ड्समै ट्याप इन टोलीलाई अग्रतामा ल्याए । विपक्षी खेलाडी किन्गे ओलिभरलाई छक्याएर ओबेद औसुले दिएको कट्ब्याकमा सुनीलले ट्याप इन गरेका हुन् । यसबीच औसुको कट्ब्याक तीन रक्षकलाई बिट हुँदै सुनील सम्म पुगेको थियो ।

खेलको ५३औं मिनेटमा काठमाडौंको गोलमा दीप पुनः बाधक बने । सुनीलले टोजिडिनोभलाई फउल गरेपछि वीरगंजले २२ यार्ड पर फ्रिकिक प्राप्त गरेको थियो । तर, शोखरुखले पहिलो बारमा गरेको सुन्दर फ्रिकिक प्रहार दीपले पन्च गर्दै जाली चुम्न दिएनन् । त्यसको तीन मिनेटपछि वीरगंजले तेस्रो गोल गर्यो । सुशीलको क्रसमा ओपेकुको फ्रि हेडरले पहिलो बारको जाली चुमेको थियो ।

तेस्रो गोल गरेको दोस्रो मिनेटमै वीरगंजले अर्को गोल थप्यो । काउन्टर आक्रमणको सदुपयोग गर्दै ओपेकुले ३५ यार्ड परबाट उत्कृष्ट गोल गरे । विपक्षी हाफमा कोही खेलाडी नभएको फाइदा उठाउँदै सुशीलले बक्सबाट मध्यभागमा लिफ्टेड पास प्रदान गरेका थिए । जसको फाइदा उठाएका ओपेकुले गोलकिपर अन्जललाई बिट गर्दै जारी प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे । ओपेकुको ह्याट्रिक समग्र एनएसएलकै दोस्रो ह्याट्रिक हो । पहिलो सिजनको लिग चरणमा काठमाडौंकै मेसोके ओलामौउले विराटनगर सिटी एफसीविरुद्ध तीन गोल गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो