चैत्र ८, २०८२ आइतबार | ०६:०१:२५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

लयमा रहेकाे पोखरासँग काठमाडौं खेल्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको २१औं खेलमा आज पोखरा थन्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ पाँच बजे सुरू हुनेछ ।

काठमाडौं र पोखराबीच भएको पहिलो संस्करणको भेट गोलरहित बराबरीमा सम्पन्न भएको थियो । तत्कालिन समय विकेश कुथुले काठमाडौं र नवुयग श्रेष्ठले पोखराको कप्तानी जिम्मेवारी पाएका थिए । दुबै खेलाडी दोस्रो संस्करणमा भने अन्य क्लबमा सरुवा भएका छन् ।

मैदान उत्रदै गर्दा दुबै टोलीको लक्ष्य प्लेअफतर्फ हुनेछ । हालसम्म ९ मध्ये कुनै पनि टोलीको प्लेअफ पक्का भएको छैन । साविक विजेता काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जन टोलीको लय फर्काउने योजनामा छन् ।

काठमाडौंले हालसम्म एक जित र एक हार बेहोर्दा दुई खेलमा अंक बाडेको छ । टोली चार खेलबाट पाँच अंक जोड्दै पाँचौं स्थानमा छ । प्लेअफ सम्भावना कायम राख्न काठमाडौंलाई जित्नैपर्ने दवाव छ ।

पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले हराएको काठमाडौंले दोस्रो खेलमा एफसी चितवनसँग १–१ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेल्दा चौथो खेलमा बुटवल लुम्बिनीसँग २–१ ले पराजित हुँदा अपराजित यात्रा टुंगाएको हो ।  

आयुष घलान मार्की रहेको पोखराले दुई खेलमा जित र दुई खेलमा अंक बाढेको छ । टोली पाँचौ खेलसम्म अपराजित यात्रा कायम राख्ने योजनामा छ ।

नविन न्यौपानेको प्रशिक्षणमा पोखराले चार खेलबाट आठ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । रातो कार्डको कारण पछिल्लो खेलमा प्राविधिक क्षेत्र बाहिर रहेका न्यौपाने टोलीसँग जोडिनेछन् ।

पोखराले पहिलो खेलमा चितवनलाई १–० ले हराउँदा दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

आइकोनिक खेलाडी दीनेश राजवंशीको कप्तानीमा पोखराले तेस्रो खेलमा झापासँग १–१ गोलको बराबरी खेल्दा चौथो खेलमा इलामलाई १–० ले हरायो ।

प्रतियोगितामा पाँच खेल खेल्दा ललितपुर सिटी एफसी ९ अंकसहित शीर्षस्थानमा छ । उसले आइतबार चितवनलाई ३–१ ले हराएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो