माघ १५, २०८२ बिहीबार | १९:४५:५२
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

लयमा रहेकाे पोखरासँग काठमाडौं खेल्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको २१औं खेलमा आज पोखरा थन्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ पाँच बजे सुरू हुनेछ ।

काठमाडौं र पोखराबीच भएको पहिलो संस्करणको भेट गोलरहित बराबरीमा सम्पन्न भएको थियो । तत्कालिन समय विकेश कुथुले काठमाडौं र नवुयग श्रेष्ठले पोखराको कप्तानी जिम्मेवारी पाएका थिए । दुबै खेलाडी दोस्रो संस्करणमा भने अन्य क्लबमा सरुवा भएका छन् ।

मैदान उत्रदै गर्दा दुबै टोलीको लक्ष्य प्लेअफतर्फ हुनेछ । हालसम्म ९ मध्ये कुनै पनि टोलीको प्लेअफ पक्का भएको छैन । साविक विजेता काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जन टोलीको लय फर्काउने योजनामा छन् ।

काठमाडौंले हालसम्म एक जित र एक हार बेहोर्दा दुई खेलमा अंक बाडेको छ । टोली चार खेलबाट पाँच अंक जोड्दै पाँचौं स्थानमा छ । प्लेअफ सम्भावना कायम राख्न काठमाडौंलाई जित्नैपर्ने दवाव छ ।

पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले हराएको काठमाडौंले दोस्रो खेलमा एफसी चितवनसँग १–१ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेल्दा चौथो खेलमा बुटवल लुम्बिनीसँग २–१ ले पराजित हुँदा अपराजित यात्रा टुंगाएको हो ।  

आयुष घलान मार्की रहेको पोखराले दुई खेलमा जित र दुई खेलमा अंक बाढेको छ । टोली पाँचौ खेलसम्म अपराजित यात्रा कायम राख्ने योजनामा छ ।

नविन न्यौपानेको प्रशिक्षणमा पोखराले चार खेलबाट आठ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । रातो कार्डको कारण पछिल्लो खेलमा प्राविधिक क्षेत्र बाहिर रहेका न्यौपाने टोलीसँग जोडिनेछन् ।

पोखराले पहिलो खेलमा चितवनलाई १–० ले हराउँदा दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

आइकोनिक खेलाडी दीनेश राजवंशीको कप्तानीमा पोखराले तेस्रो खेलमा झापासँग १–१ गोलको बराबरी खेल्दा चौथो खेलमा इलामलाई १–० ले हरायो ।

प्रतियोगितामा पाँच खेल खेल्दा ललितपुर सिटी एफसी ९ अंकसहित शीर्षस्थानमा छ । उसले आइतबार चितवनलाई ३–१ ले हराएको थियो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।