कार्तिक १६, २०८१ शुक्रबार | ०६:०३:०३
उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा

खेलाडीले मैले भनेको टेरेनन्ः प्रशिक्षक केसी

काठमाडौं । फ्रेन्चाइज टोली स्पोर्टिङ इलामका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्ना खेलाडीले आफ्नो निर्देशन पालना नगरेको प्रतिक्रिया दिएका छन् ।

नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनअन्तर्गत आइतबार सम्पन्न खेलमा इलामले एफसी बुटवल लुम्बिनीविरुद्ध २–१ को हार ब्यहोर्यो । मार्की खेलाडी एरिक विष्टको दर्शनीय फ्रिकिक गोलमा बुटवलले जारी प्रतियोगितामा पहिलो जित दर्ता गरेको खेलमा इलाम पेनाल्टी प्रहारमा पुनः एकपटक चुक्न पुग्यो । पछिल्लो खेलमा झापा एफसीविरुद्ध पनि इलामले पेनाल्टी उपहारलाई गोलमा परिणत गर्न सकेको थिएन ।

खेलपछि  आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले आफुलाई खेलाडीले नटेरेको प्रतिक्रिया दिएका हुन् ।

‘प्रशिक्षणका दौरान हामीले सेटपीस हान्ने खेलाडी पहिले नै छुट्टयाएका थियौं । तर, खेलाडीले मेरो प्रशिक्षकको निर्देशन पालना गरेनन् । गोल हान्न कसलाई मन हुँदैन र ? प्रशिक्षक भएतापनि मलाई अहिले पनि पेनाल्टीमा गोल गर्न मन छ ’ केसीले भने, ‘कुरा नसुन्ने हो भने किन प्रशिक्षक चाहिएको ? ११ जनालाई नै पेनाल्टी हान्न मन लाग्छ नि । तर, हामीले आत्मविश्वासी खेलाडीलाई मौका दिनुपर्छ । आज पेनाल्टी हान्नुपर्ने खेलाडीले पेनाल्टी हानेनन् ।’

स्टेफन समीर बिनोङको गोलमा बुटवलले दोस्रो हाफको चौंथो मिनेटमा अग्रता लिएको थियो । जिलेस्पी जंग कार्कीले तीन रक्षकलाई छक्याउँदै प्रदान गरेको सुन्दर क्रसमा बिनोङले वान टच गोल गरेका थिए । ५८ औं मिनेटमा बक्सभित्र दीपेश घलेको प्रहार बुटवलका रक्षक एर्नेस्ट टाम्पीको हातमा लागेपछि इलामले पेनाल्टी प्राप्त गरेको थियो । तर, प्राप्त उपहारलाई अब्दौजा बाले सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी गोलकिपर मोहामडुले बचाएका थिए ।

पेनाल्टी अवसर खेरा फालेको २० मिनेटपछि अब्दौजाले नै इलामलाई बराबरीमा ल्याए । सन्तोस खत्रीको लामो दूरीको प्रहारलाई नियन्त्रण गर्न नसक्दा अब्दौजाले यसको फाइदा उठाउँदै वान टच गोल गरेका थिए । तर, एरिकले निर्धारित समय सकिन दुई मिनेट बांकी रहेको अवस्थामा लोभलाग्दो गोल गरेपछि इलाम जारी प्रतियोगितामा दोस्रो हार ब्यहोर्न बाध्य भयो ।

पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न नसक्नु टोलीका लागि चिन्ताजनक रहेको प्रशिक्षक केसीले बताए ।

‘अभ्यासमा म हान्छु भनेको भए हामीले त्यहाँ केही गर्न सक्थ्यौँ । हाम्रो लागि हरेक खेल महत्वपूर्ण छ । लगातार दुई खेलमा पेनाल्टी खेरा फाल्नु एकदमै चिन्ताजनक विषय हो, ’ केसीले बताए ।

झापाविरुद्धको दोस्रो खेलमा एमथ एन्डअको पेनाल्टी प्रहार आकाशिएको थियो । ‘म्यान अफ दि म्याच’ एन्डअले सोही खेलमा निर्णयक गोल पनि गरेका थिए ।

उद्धघाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्ससँग १–० ले पराजित इलाम तीन खेलमा ३ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ । समान खेलमा बुटवलले पनि ३ अंक जोडेको छ । र उ गोल भिन्नताका आधारमा सातौं स्थानमा छ । आफ्नो चौंथो खेलमा इलामले  बुधबार पोखरा थन्डर्स र बुटवलले बिहीबार एफसी चितवनविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
 


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal