चैत्र १८, २०८२ बुधबार | ११:०७:५०
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

नेपाल सुपर लिग: पहिलो जितको लक्ष्यमा चितवन र वीरगंज

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा शुक्रबार एक अर्काको सामना गर्दा एफसी चितवन र वीरगंज युनाइटेड पहिलो जितको लक्ष्यमा हुनेछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः ३० बजे सुरु हुनेछ ।

गोलकिपर विशाल श्रेष्ठ मार्की तथा कप्तान रहेको चितवनले दुई खेलमा एक अंक जोडेको छ । यसअघि पोखरा थन्डर्ससँग १-० ले पराजित चितवन काठमाडौं रेजर्ससँग १-१ को बराबरीमा रोकिएको थियो ।

यदी वीरगंजलाई हराउन सके चितवनले नेपाल सुपर लिग इतिहामै पहिलो जित निकाल्नेछ । पहिलो संस्करणमा चितवन जितविहिन बनेको थियो । 

चितवनलाई विमल घर्ती मगर, उत्सव राई, टोरिक जेब्रिन, रफिक अमिनु जस्ता खेलाडीको साथ रहनेछ ।

नवप्रवेशी वीरगंज आफ्नो दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा वीरगंज धनगढी सिटी एफसीसँग २-१ ले पराजित भएको थियो ।

गोलकिपर दीप कार्की मार्की तथा कप्तान रहेको वीरगंजलाई तेज तामाङ, हान्स कोफी, सिमान्त थापा, विलियम ओपोकु एसिडु जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो