माघ १४, २०८२ बुधबार | १९:१४:१९
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

नेपाल सुपर लिगः साबिक उपविजेता धनगढीको विजयी सुरुआत

तस्विरः एनएसएल

काठमाडौं। नवप्रवेशी वीरगंज युनाइटेडलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा साबिक उपविजेता धनगढी सिटी एफसीले विजयी सुरुआत गरेको छ ।

प्रतियोगिताको तेस्रो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार सम्पन्न खेलमा धनगढीले वीरगंजलाई २-१ ले पराजित गरेको हो । धनगढीका लागि फोडे फोफाना र अहमद हिजाजीले गोल गर्दा वीरगंजका हान्स कोफीले पेनाल्टीको सदुपयोग गरे ।

खेलको दोस्रो मिनेटमै धनगढीले अग्रता लियो । विपक्षी रक्षकको बल खोस्दै अफिज ओलावालेको क्रसमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका फोफानाले वान टचमा गोल गरे ।

नवौं  मिनेटमा विरगंजले खेललाई बराबरीमा ल्याउने अवसर गुमायो । विलियम ओपकु अ‍ैसेडुको प्रहार रक्षक रिचार्ड ओसेइ अक्ष्वेमाङलाई लाग्दै बाहिरिएपछि धनगढीको खतरा टरेको थियो ।

चार मिनेटपछि विरगंज पुनः गोल गर्नबाट चुक्यो । बक्सभित्र अभिषेक गुरुङलाई बिट गर्दै विशोन गुरुङले गरेको प्रहार बाहिरिन पुग्यो ।

पहिलो हाफको मध्यतिर विरगंजले तेस्रो अवसर गुमायो । तेज तामाङको कर्नरमा अ‍ैसेडुको फ्रि हेडरले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको इन्जुरी समयमा विरगंजले बराबरी गोल फर्कायो । कर्नर क्रसलाई जाजे गुस्ताभोले हेडमार्फत पोस्टको दिशा दिन खोज्दा फलु डियाग्ने बल हातले छुन पुगेका थिए । प्राप्त पेनाल्टी अवसरमा हान्स चुकेनन् ।

५८ औं मिनेटमा मार्की खेलाडी आशिष चौधरी वान भर्सेस वानमा चुक्दा धनगढीले अग्रता लिने सुनौलो अवसर गुमायो । आशिषले अफिजको सुन्दर थ्रू बललाई सदुपयोग गर्नसकेनन् ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा धनगढीले दोस्रो गोल गर्यो । कृतिशरत्न छुन्जुको वान टच पासलाई हिजाजीले पोस्टको दिशा दिएका थिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।