चैत्र १६, २०८२ सोमबार | २२:२१:३३
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट

नेपाल सुपर लिगः साबिक उपविजेता धनगढीको विजयी सुरुआत

तस्विरः एनएसएल

काठमाडौं। नवप्रवेशी वीरगंज युनाइटेडलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा साबिक उपविजेता धनगढी सिटी एफसीले विजयी सुरुआत गरेको छ ।

प्रतियोगिताको तेस्रो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार सम्पन्न खेलमा धनगढीले वीरगंजलाई २-१ ले पराजित गरेको हो । धनगढीका लागि फोडे फोफाना र अहमद हिजाजीले गोल गर्दा वीरगंजका हान्स कोफीले पेनाल्टीको सदुपयोग गरे ।

खेलको दोस्रो मिनेटमै धनगढीले अग्रता लियो । विपक्षी रक्षकको बल खोस्दै अफिज ओलावालेको क्रसमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका फोफानाले वान टचमा गोल गरे ।

नवौं  मिनेटमा विरगंजले खेललाई बराबरीमा ल्याउने अवसर गुमायो । विलियम ओपकु अ‍ैसेडुको प्रहार रक्षक रिचार्ड ओसेइ अक्ष्वेमाङलाई लाग्दै बाहिरिएपछि धनगढीको खतरा टरेको थियो ।

चार मिनेटपछि विरगंज पुनः गोल गर्नबाट चुक्यो । बक्सभित्र अभिषेक गुरुङलाई बिट गर्दै विशोन गुरुङले गरेको प्रहार बाहिरिन पुग्यो ।

पहिलो हाफको मध्यतिर विरगंजले तेस्रो अवसर गुमायो । तेज तामाङको कर्नरमा अ‍ैसेडुको फ्रि हेडरले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको इन्जुरी समयमा विरगंजले बराबरी गोल फर्कायो । कर्नर क्रसलाई जाजे गुस्ताभोले हेडमार्फत पोस्टको दिशा दिन खोज्दा फलु डियाग्ने बल हातले छुन पुगेका थिए । प्राप्त पेनाल्टी अवसरमा हान्स चुकेनन् ।

५८ औं मिनेटमा मार्की खेलाडी आशिष चौधरी वान भर्सेस वानमा चुक्दा धनगढीले अग्रता लिने सुनौलो अवसर गुमायो । आशिषले अफिजको सुन्दर थ्रू बललाई सदुपयोग गर्नसकेनन् ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा धनगढीले दोस्रो गोल गर्यो । कृतिशरत्न छुन्जुको वान टच पासलाई हिजाजीले पोस्टको दिशा दिएका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो