चैत्र १०, २०८२ मंगलबार | २०:४७:४३
रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र

एनएसएलमा दुई भारतीय रेफ्री

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा दुई भरातीय रेफ्रीले पनि खेल सञ्चालन गर्ने भएका छन् । आयोजकले बुधबार पत्रकार सम्मलेनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराउँदै दुई विदेशी रेफ्री ल्याउन लागेकाे बताएकाे हाे । 

एनएसएलकी   निर्देशक श्रेयन्स कार्कीले बताए नेपाली रेफ्री नराम्रो भएर भन्दा पनि नयाँ प्रयोगका लागि विदेशी रेफ्री ल्याउन लागेको बताए ।

‘हाम्रा रेफ्री हाम्रो रेफ्री नराम्रो भएर हैन, नयाँ प्रयोग गरौं भनेर विदेशी रेफ्री ल्याउन लागेका हौं’ अध्यक्ष  कार्कीले  भने । 

एनएसएल शुक्रबार दशरथ रंगशालामा भव्य उद्घाटन समारोहका साथ सुरु हुँदैछ । उद्घाटन समारोहमा गायक सुशान्त केसी, ट्विन्नी गर्ल्स र वाङ्देन शेर्पा लगायतका केही शीर्ष कलाकारहरुको उपस्थिति रहने आयोजकाले बताएको छ ।

सहभागी ९ टोलीले यसअघि नै आफ्ना विदेशी तथा प्रतिष्ठित खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकको घोषणा गरिसकेका छन् ।

यसैगरी प्रतियोगिताको विजेताले ७० लाख देखि १ करोड रुपैयाँसम्म प्राप्त गर्ने आयोजकको दाबी छ । 

नेपाली फुटबलमा पहिलोपटक एलईडी पेरिमिटर बोर्डहरू प्रयोग हुँदैछ ।  प्रतियोगिताका लागि टिकट दर साधारणतर्फ २ सय र भिआइपीतर्फ ५ सय  तोकिएको छ ।

प्रतियोगिताका दौरान चेल्सी तथा आइभरी कोस्टका स्टार स्ट्राइकर डिडियर ड्रोग्बा नेपाल आउने पक्का भएको आयोजकले बताएको छ । यसैगरी अन्य केही चर्चित फुटबलर र सेलिब्रेटीहरू ल्याउने प्रयास पनि भइरहेको छ ।

 प्रतियोगिताको अध्यक्ष आश्रयता कार्की चौधरीले समर्थकलाई रंगशालमै आएर समर्थन गरिदिन आग्रह  गरिन् ।

‘कोभिड १९ का कारण हामीले पहिलो संस्करणमा दर्शकलाई उपस्थित गराउन सकेनौं । यसपटक हामी उत्साहित र नेपाली फुटबललाई माया गर्ने हरारौं समार्थक रंगशालामा आउने अपेक्षमा छौं,’ ले चौधरीले भनिन्,‘ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्टारहरुले फ्रेन्चाइजीहरूको लागि प्रदर्शन गरेको हेर्नुहोस् उनीहरुलाई समर्थन गर्नुहोस्। एनएसएल फुटबल प्रतियोगिता मात्र नभएर प्रशंसलाई फुटबल र मनोरञ्जनको मिश्रण गर्ने प्रयास पनि हो।’


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो