चैत्र १३, २०८२ शुक्रबार | १७:२४:२४
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

नेपाल र यमनबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोट अन्तर्गत  नेपाल र यमनबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो चरणको दोस्रो खेलमा नेपालका कप्तान किरणकुमार लिम्बुले यमनको दुई अवसरलाई विफल बनाएपछि सुरुआती हाफ गोलरहित भएको हो ।

खेलको चौथो मिनेटमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । मिडफिल्डर दीनेश हेन्जनको क्रसमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका रक्षक आशिष चौधरीले गरेको हेडर यमनका गोलकिपर अब्दुल्ला अल सादीले नियन्त्रण गर्न खोज्दा उनी स्ट्राइकर जिलेस्पीजंग कार्कीबाट फउल हुन पुगेका थिए । त्यही दौरान बलले जाली चुमेको थियो ।

११ औं मिनेटमा यमनी कप्तान अब्दुलवाशे अल मतारीले प्रहार गरेको बल किरणले नियन्त्रण गर्न नपाउँदै आशिषले क्लियर गरिदिए । 
त्यसको पाँच मिनेटपछि यमनी स्ट्राइकर अहमद माहेर वान भर्सेस वानमा चुके । बललाई दायाँ दिसातर्फ टर्न गर्न खोज्दा किरणले बल क्लियर गरिदिए ।

२७ औं मिनेटमा विंगर हम्जाह हनासको फितलो प्रहार किरणले सहजै बचाए ।

दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । पहिलो खेलमा नेपाल युएईसँग ४-० तथा यमन बहराइनसँग २-० ले पराजित भएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो