माघ १९, २०८२ सोमबार | ०३:३९:३८
युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन

नेपाल र यमनबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोट अन्तर्गत  नेपाल र यमनबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो चरणको दोस्रो खेलमा नेपालका कप्तान किरणकुमार लिम्बुले यमनको दुई अवसरलाई विफल बनाएपछि सुरुआती हाफ गोलरहित भएको हो ।

खेलको चौथो मिनेटमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । मिडफिल्डर दीनेश हेन्जनको क्रसमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका रक्षक आशिष चौधरीले गरेको हेडर यमनका गोलकिपर अब्दुल्ला अल सादीले नियन्त्रण गर्न खोज्दा उनी स्ट्राइकर जिलेस्पीजंग कार्कीबाट फउल हुन पुगेका थिए । त्यही दौरान बलले जाली चुमेको थियो ।

११ औं मिनेटमा यमनी कप्तान अब्दुलवाशे अल मतारीले प्रहार गरेको बल किरणले नियन्त्रण गर्न नपाउँदै आशिषले क्लियर गरिदिए । 
त्यसको पाँच मिनेटपछि यमनी स्ट्राइकर अहमद माहेर वान भर्सेस वानमा चुके । बललाई दायाँ दिसातर्फ टर्न गर्न खोज्दा किरणले बल क्लियर गरिदिए ।

२७ औं मिनेटमा विंगर हम्जाह हनासको फितलो प्रहार किरणले सहजै बचाए ।

दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । पहिलो खेलमा नेपाल युएईसँग ४-० तथा यमन बहराइनसँग २-० ले पराजित भएका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।